नेकपा एकीकृत समाजवादीको बिद्यार्थी सङठन अनेरास्ववियू पर्वत जिल्ला कमिटीले पूर्णता पाएको छ। यही शनिबार बसेको जिल्ला कमिटीको बैठकले ७ सदस्यीय पदाधिकारी र १३ सदस्यीय सचिवालय गठन गरि कमिटीलाई पूर्णता दिएको हो ।
पदाधिकारीमा सेन्चुरी श्रेष्ठ र आयुस खडका उपाध्यक्ष, सन्तोष पौडेल सचिव, कृष्णजङ्ग कुवर र सुदिप पौडेल सहसचिव, निशान परियार कोषाध्यक्ष रहेका छन् । यस्तै बैठकले आगामी मङ्सिर मसान्तसम्म जिल्ला भित्रका सम्पूर्ण पालिका, क्याम्पस र बिद्यालयहरुमा कमिटी गठन गर्ने निर्णय गरेको अनेरास्ववियू पर्वतका अध्यक्ष सन्तोष सुनामले जानकारी दिनुभयो ।
गत असोज २३ गते सन्तोष सुनाम अध्यक्ष रहने गरि जिल्ला कमिटी घोषणा गरेपनि पदाधिकारी र अन्य जिम्मेवारी बाँकी रहेको थियो ।