२३ जेठ २०८०, मंगलबार

अनेरास्ववियू बाग्लुङको अध्यक्षमा पौडेल !

अनेरास्ववियू बाग्लुङको अध्यक्षमा नवीन पौडेल चयन भएका छन् । नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी सङगठन अनेरास्ववियूको शनिबार बाग्लुङमा बसेको जिल्ला भेलाले ५१ सदस्यीय जिल्ला आयोजक कमिटी घोषणा गरेको हो ।

जस्को उपाध्यक्षमा रमेश चालिसे, मुकेश खडका, सचिवमा तसलिमा खातुन, सहसचिव असिल किसान कोषाध्यक्ष मनिषा नेपानी चयन भएका छन् । जिल्ला कमिटीमा निर्वाचित सदस्यहरुलाई अनेरास्ववियू स्थायी कमिटी सदस्य नारायण पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

नेकपा एकीकृत समाजबादी बाग्लुङ जिल्ला अध्यक्ष लालबहादुर थापा, जिल्ला सदस्य शालिकराम शर्मा, सुरज बोसेल लगायतको उपस्थितमा भेला सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *