१७ चैत २०७९, शुक्रवार

कांग्रेस म्याग्दीको सभापतिमा गर्बुजा निर्विरोध निर्वाचित !


नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत म्याग्दीको ७ औँ जिल्ला अधिवेशनको सभापतिमा खमबहादुर गर्बुजा ‘खम्बीर’ निर्विरोध चयन हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा निकट गर्बुजा यसअघि पनि जिल्ला सभापति थिए ।
जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम निवासी गर्बुजा पूर्व ब्रिटिस आर्मीबाट अवकाश लिएपछि राजनीतिमा सक्रिय थिए । लगातार दुई कार्यकाल पार्टीको नेतृत्व सम्हालेका गर्बुजा दोस्रो संविधानसभा,प्रतिनिधिसभाको निर्वाचतमा प्रत्यक्षतर्फका उम्मेदवार बनाएको थियो । संविधासभा र प्रतिनिधिसभामा कांग्रेसले जिल्लामा मतमा सुधार गरेपनि गर्बुजाले पराजय भोग्नुपरेको थियो । पार्टीको आगामी प्रतिनिधिसभामा समेत गर्बुजा नै उम्मेदवार सम्भावना थप बलियो भएको छ । 
त्यसैगरी अधिवेशनमा पार्टीको उपसभापतिमा माधबप्रसाद रेग्मी, हरिकुमार श्रेष्ठ, मिनबहादुर कार्की, कर्णबहादुर भण्डारी केबी, डमबहादुर पुन र कमल छन्त्याल रहेका छन् । सचिव पदमा अजय मिलन श्रेष्ठ, भरबहादुर रकाल, दुर्गाराम सुबेदी, हिराबहादुर पुन, सहसचिवमा श्रीराम पौडेल, कोमलप्रसाद उपाध्याय र धुब्रराज कार्कीले उम्मेदवार दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *