१५ चैत २०७९, बुधवार

कान्तो टोकियोद्धारा शैक्षिक सामाग्री हस्तान्तरण !


सुरेश छन्त्याल

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोद्धारा आज एक कार्यक्रमकाबीच पाण्डवखानीमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । समितिले गलकोट क्षेत्रभित्रका विद्यालयका विपन्न तथा जेहेन्दार ९९ जना विद्यार्थिहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम अन्तरर्गत आज गलकाेट नगरपालिका १० पाण्डबखानी भित्रका ६ वटा विद्यालयलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोको जनुसार अनुसार गाउँ आएको मौका पारेर समाजका पदाधिकारीले गाउँगाउँमा पुगेर जेहेन्दार र बिपन्न परिवारका बालबालिकाहरुलाई सामाग्री हस्तान्तरण गरेका हुन् । बालबालिकाको शिक्षामा पहुँच बढाउनका लागि सामाग्री हस्तान्तरण गरेको समाजले जनाएको छ । गल्कोट समाज जापान क्षेत्रीय समिती टोकियोको वार्षिक योजना एवं कार्यक्रम अन्तरगत गल्कोट नगरपालिका र ताराखोला गाँउपालिका भरिका सामुदायिक विद्यालयहरुमा अति बिपन्न एवम जेहेन्दार विधार्थीलाई छात्रवृत्ति हस्तान्तरणको कार्यक्रम शुभारम्भ भएकोले समग्र गल्कोटको शैक्षिक विकासमा विशेष भूमिका खेल्नेमा आशावादी रहेको संस्थाका सचिव दिनेश थापाले जानकारी दिनुभयो ।

कार्यक्रमलाई कसरी दिर्घकालिन र नियमित बनाउन सकिन्छ भन्ने सम्बन्धमा पनि टोकियो क्षेत्रीय समिति अन्य क्षेत्रीय समितिसँग वृहत छलफलमा जुटिरहेको समाजले जनाएको छ । छात्रबृत्ति कार्यक्रम अन्य भैपरी आउने अन्य सहयोग हस्तान्तरण गरेपछि सकिने जस्तो नभई समग्र गलकोट क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा अध्यापन गराउने शिक्षक, विद्यार्थी र प्रवासमा रहेका अभिभावकको त्रिकोणात्मक सम्बन्ध बिस्तार हुने समाजको अपेक्षा रहेको छ ।

आफ्ना नानीबाबूहरुको समग्र शैक्षिक अवस्था,खेलकुद र अतिरिक्त क्रियाकलापको वस्तु स्थितिको बारेमा हुने शिक्षक र अभिभावक बिचको पारस्परिक सम्बन्ध कायम गर्न समाजले संचालन गरेको अभियानमा हातेमालो गदैं आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरुप्रति गलकोट समाज जापान क्षेत्रिय समिति टोकियोले आभार समेत ब्यक्त गरको छ ।

साेहि कार्यक्रममा छात्रवृत्तिका लागि छनाेट भएकी पाण्डबखानी माविकाे कक्षा १२ मा अध्यानरत मुना सुनार दुवै किड्नी फेल भै हाल उपचारत रहेकाले कार्यक्रममा उपस्थित हिमाल गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोका उपाध्यक्ष हिमाल कडेलकाे टिमले रु ६ हजार नगद सहयोग र कार्यक्रममा उपस्थित अन्य सदस्यहरुबाट रु २५ हजार सहयोग गर्ने प्रद्धिबद्धता जनाउदै बाँकि सहयोगका लागि समाज र जापानमा सहयोग अभियान संचालन गर्ने तयारी रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *