१४ जेठ २०८०, आइतवार

केवल, ईन्टरनेटका कारण पेण्डुलम सिसिटिभीहरु !

सिसिटिभीको प्रयोगले नागरिकहरुलाई सार्वजनिक स्थलहरुमा गलत कार्य गर्नमा सचेत गराउने मात्र होइन घटिसकेका घटनाहरुलाई सिसिटिभीमा भएको रेकर्डले दोषि पत्ता लगाउन सहयोग पुर्‍याउँछ । तर म्याग्दीको बेनी बजारमा जडान गरिएका सिसिटिभीहरु पेण्डुलम भएर पोल र चोकलाई नै भारी भएका मात्र छैनन् सुन्दर नगरी बेनी बजारलाई नै कुरुप बनाईरहेका छन् । चोकहरुमा जडान गरएका सिसिटिभहरुले काम गर्न छाडेका कारण दुर्घटना तथा चोरी डकैतिका घटनाहरु बढ्दै गएका छन् । बजार ब्यवस्थापन र निगरानीमा सहयोग पुर्‍याउन चोकचोकमा सिसिटिभी जडान गरिएको भएतापनि  जडान गरिएका सिसिटिभीहरुले काम गर्न छाडेका कारण दुर्घटना तथा चोरी डकैतिका घटनाहरु बढ्दै गएका हुन् । म्याग्दी उद्योग बाणिज्य संघको अगुवाइमा पाँच वर्षअघि बेनीमा सिसिटिभी जडान भएको थियो । हाल बिग्रिएर काम गर्न छाडेका कारण सिसिटिभी क्यामेराहरु देखाउनका लागि सिमित भएको छन् । चाडपर्वहरु नजिक आईरहँदा भीडभाड बढ्ने र घटनाहरु बढ्नसक्नेतर्फ सम्वन्धित निकायको ध्यान जान सकेको छैन ।बजारका १७ ठाउँमा राखिएको सिटिटिभी क्यामेराहरु सरोकारवालाको बिवादका कारण समयमै मर्मत हुन नसकेका हुन् । हावाहुरीका कारण बिद्युतका पोलमा राखिएका सिसिटिभी क्यामेराका तारहरु चुडिने, जल्ने र टुट्ने भएर बिग्रिएका हुन् । सरोकारवालाको बेवास्ता र बिवादका कारण म्याग्दी सदरमुकाम बेनी बजारमा जडान गरिएका सिसिटिभी नियमित मर्मत नहुँदा बेकामे भएका छन् । बजारका सिसिटिभी क्यामेराहरुको मर्मत र ब्यवस्थापन गर्न बेनी नगरपालिकाले गत आर्थिक वर्षमा रु. एक लाख पचास हजार बिनियोजन गरेको भएपनि सरोकारवालाहरु बिचको विवादका कारण मर्मत कार्य कार्यान्वयनमा आउन सकेन । वडा कार्यालय, नगरपालिका, उद्योग बाणिज्य संघ र प्रहरी कार्यालय मध्य कसले मर्मत गर्ने भन्ने विषयमा बिवाद हुँदा मर्मत कार्य कार्यान्वयनमा आउन नसकेको हो ।बजारका सिसिटिभी क्यामेराहरुका लागि गतवर्ष रु. पाँचलाख खर्च भएको र डेढमहिना अगाडि रु.एक लाख पचास हजार खर्च गरेर १७ क्यामेराहरु सञ्चालनमा ल्याएको बेनी नगरपालिका-८ का वाड अध्यक्ष रामकृष्ण बराइलीले बताउनु भयो । “अहिलेको मूख्य समस्या भनेको केवल तथा इन्टरनेट सेवा प्रदायकहरु विना अनुमति पोलहरुमा चढ्ने र आफूखुसी तारहरु खोल्ने र जोड्ने भएका कारण बजारका सिसिटिभी क्यामेराहरु विग्रिनुमा उनीहरुको लापरवाही नै हो” बराइलीले भन्नुभयो । जिल्ला प्रहरीको अनुमतिबिना जो कोही पोल चढ्न, तारहरु खोल्न र जडान गर्न नपाइने नियम बनाउदैछौँ, त्यसपस्चात् यो समस्या समाधानतिर जाने अध्यक्ष बराइलीको भनाई रहेको छ । यता बजारका सबै सिसिटिभी क्यामेराहरु मर्मत गर्ने जिम्मा लिएका प्राविधिक खगेन्द्र खत्रीले मर्मत गरेवापतको रु. एक लाख चालिस हजार भुक्तानी अझैसम्म नपाएको र भुक्तानी पाएको दिनदेखि नै मर्मतलाई निरन्तरता दिने बताउँछन् । खत्री भन्छन् “भुक्तानी पाएको दिनदेख नै बिग्रिएका सिसिटिभीहरु मर्मत गर्नतर्फ लाग्नेछु ।”  चाडवाडहरु नजिकिएसँगै बेनीमा चोरीका घटनाहरु बढ्दै गएको र बिग्रिएका सिसिटिभीहरुका कारण ती घटनाहरुलाई सहज रुपमा निगरानी गर्न नसकेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राई स्विकार गर्दछन् । कुनै शङ्कास्पद गतिविधिहरु क्यामेरामा देखिएमा तुरुन्तै त्यसस्थानमा प्रहरी परिचालन गरि नियन्त्रण गर्न बजारमा जडान गरिएका सिसिटिभी क्यामेराहरुले सहयोग पुर्‍याउँछन् । त्यतिमात्र होइन कुनै ब्यक्तिले कागजमा के लेखिरहेको छ भन्ने  कुरा समेत जुम गरेर तत्कालै हेर्न सकिन्छ ।

(बुलबुल साप्ताहिक समाचारपत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *