१६ असार २०७९, बिहिवार

के मिश्री (egyptian) हरु सूर्य-पुजक थिए?

अभिषेक जोशी

आज छठ पर्व भएको हुँदा याे प्रश्न निकै खास छ । जब हामी मिश्र अर्थात् ईजिप्टकाे सभ्यताबारे अध्ययन गर्छाैं तब सूर्यदेवकाे उपासना गर्ने गरिएको बारे पनि जानकारी पाउँछौं ।

साक्ष्यहरुले पनि झण्डै ५ हजार वर्ष अगाडिदेखि मिश्रमा सूर्यपुजा हुने गरेको पुष्टि गरेका छन् । तसर्थ, हामी अनुमान लगाउन सक्छौँ, त्यसभन्दा पूर्वदेखि नै त्यहाँ सूर्यदेवकाे पुजा हुन्थ्याे ।

Thutmosis lll काे चिहानमा सूर्यदेवका ७५ थरी परिचय भेटिनुले पनि मिश्रमा सूर्यदेव निकै ख्याति प्राप्त देवता थिए भनी थाहा लाग्दछ । पिरामीडहरु समेत सूर्यकाे अवस्थितिकाे आधारमा निर्माण भएका हुन् ।

फाराेहरु आफूलाई सूर्यवंशी ठान्दथे । भगवान राम र गाैतम बुध्दकाे वंश पनि सूर्य नै हाे । फाराेहरुले सूर्यलाई राजदेवता नै तुल्याएका थिए ।

ईरान, पहिलाकाे पर्सियामा अग्निदेवकाे पुजा हुन्छ । सूर्यदेवलाई उनीहरु मित्रदेवता भन्दथे । राेमनहरु डिसेम्बर २५ मा सूर्य पुजा गर्ने गर्दथे, जसलाई कालान्तरमा ईसाइले साँस्कृतिक अतिक्रमण गरेर क्रिसमस घाेषणा गरे ।

चिनियाँ सभ्यतामा पनि सूर्यचन्द्रकाे पुजा हुने गर्दथ्याे । यसरी खाेज्दै जाँदा इसाई र ईस्लामले विश्वमा धार्मिक हस्तक्षेप गर्नु अगाडि विश्वका धेरै सभ्यतामा सूर्यदेवताकाे पुजा हुने गर्दथ्याे ।

अत: वैदिक सभ्यतासँग ती सभ्यता नजिक थिए भन्ने थुप्रै आधार हामीले फेला पार्नसक्छाैँ ।

तस्वीर:मिश्री सूर्यदेवताकाे मानवाकृति हाे ।

Leave a Reply

Your email address will not be published.