अमला अधिकारी
घर जस्तो घर हुन कहाँ तलै तला भैदिनुपर्छ
घर हुन घरमा केटाकेटी , आमा बा भैदिनुपर्छ
नआउ रहरहरु मेरो जिन्दगी नामको क्रान्तिमा
कि सहिद ,कि अपांग ,कि बेपत्ता भैदिनुपर्छ
म एक बाल शिक्षक ,कहिल्यै बुढी हुन पाउदिन
हरेक दिन बच्चाहरु जस्तै बच्चा भैदिनुपर्छ
आफन्त ,नातागोता भन्नू कमजोर आँखा जस्ता हुन्
सक्रिय राख्न आफू पावरवाला चश्मा भैदिनुपर्छ
मान्छे इभान जस्तै हो ,पाउलिन जस्ता हुन् अभाव
जसको प्यारमा जिन्दगीभर दिवाना भैदिनुपर्छ।