१५ चैत २०७९, बुधवार

गीत: घाउमाथि टेक्दा !

राजाराम पौडेल

सबै माझ पुर्‍याउछु गाह्रो भयो छेक्दा
साह्रै पीडा भएको छ घाउमाथि टेक्दा ।

मन शान्त छैन उनका कर्तुतहरु देख्दा
धेरै पाना भरि सके सम्झिएर लेख्दा ।

कुरा चपाई बोल्ने बानी छ खुरापाती
स्वार्थ पूरा गर्न खोज्ने गर्दै नानाभाती ।

नाङ्गीसके सर्म छैन दम्भ भने गर्छन्
नचाहिँदा तर्क गर्दै उल्टै भ्रम छर्छन् ।

बाँकि कथा थप्न भनि भरें फेरि मसी
तपतप आँसु झर्‍यो पुछेँ भुइँमा बसी ।

सबै माझ पुर्‍याउछु गाह्रो भयो छेक्दा
साह्रै पीडा भएको छ घाउमाथि टेक्दा ।

पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *