२२ मंसिर २०७९, बिहिवार

गीत – सरस्वती श्रेष्ठ सरू

रमाउँदै जिउन सके रमाइलै छ जिन्दगानी ।
जानिजानी ख्याल गर्दा धमिलिन्छ सङ्लो पानी ।।

फूलसँग काँडा हुन्छ घामसँग छायाँ पनि
काँडा पनि प्रिय लाग्छ रमेपछि माया बनी ।
घामछाया यस्तै रैछ सुख दु:ख जिन्दगानी
जानिजानी ख्याल गर्दा धमिलिन्छ सङ्लो पानी ।।

पीर व्यथा पिउनुपर्छ अलिकति खुसी पाउन
पीडाहरू बिर्सिएर जिन्दगीमा बाहार ल्याउन ।
अजम्बरी कसको छ र मरी जाने जिन्दगानी
जानिजानी ख्याल गर्दा धमिलिन्छ सङ्लो पानी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *