२२ जेठ २०८०, सोमवार

धनञ्जय गोत्रिय भण्डारी समाज नेपालको दोस्रो बैठक सम्पन्न !


धनञ्जय गोत्रिय भण्डारी समाज नेपालको दोस्रो बैठक दाङ, तुलसीपुरमा सम्पन्न भएको छ ।
कार्यक्रममा उद्घाटन गर्दै प्रमुख अतिथि भण्डारी समाज नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारीले दाजुभाइको सदभावलाई कायमै राख्न इतिहासको संरक्षण, पूर्खाको सम्मान र संस्कृतिको रक्षाका लागि धनञ्जय गोत्रिय भण्डारी समाज नेपाल लागि परेको बताउनुभयो । “बाबूआमा, भाउज्यू, बुहारी र दिदीबहिनीहरुको सम्मान र रक्षा हुनु भनेको यो सिंगो धरतीको सम्मान हुनु हो । नारी जाति धरतीमा साक्षात् देवीका रुप हुन्, बुढा बाबूआमा जिउँदा भगवान हुन् त्यसैले हामीले कहिल्यै पनि नारी र बुढाबुढीको अपमान गर्न हुँदैन” अध्यक्ष भण्डारीको भनाई रहेको थियो ।

केन्द्रीय उपाध्यक्ष नारायण भण्डारीले आफ्नो धर्म र असल संस्कार कुरा बुझ्न र बुझाउन सक्नु नै सन्तानको लागि शिक्षा हो भन्दै धनञ्जय गोत्र र भण्डारीका कुलका विषयमा प्रष्ट पार्नु भयो।
जेष्ठ नागरिक, विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न ब्यक्तिहरुको उच्च मूल्याङ्कन गर्दै उहाँहरुलाई सम्मान समेत गरिएको थियो । केन्द्रीय अध्यक्ष कुष्णप्रसाद भण्डारी समयोजकत्वमा रहेको कार्यक्रममा विभिन्न उपसमिति समेत निर्माण गरिएको छ भने समितिले छिट्टै नै स्मारिका प्रकाश गर्ने तयारी गरेको र आर्थिक संयोजक, स्मारिका सम्पादन संयोजक, मातृ शक्ति परिचालन संयोजक, बैदेशिक समन्वय भवन निर्माण संयोजक जस्ता विभिन्न उपसमिति समेत चयन गरेको छ । गाैडाकोटका बन्दै गरेको भवनलाई आर्थिक र सामाजिक स्तरबाट सबैले सहयोग गर्ने निर्णय समेत समितिले गरेको छ । दाङका केन्द्रीय सदस्य दुर्गाप्रसाद भण्डारीले संयोजन गर्नु भएको कार्यक्रममा सातै प्रदेशका कार्यसमिति सदस्यहरुको सक्रिय उपस्थिति रहेको थियो । झुलेली सेवा समिति समाज नेपाल दाङले धनञ्जय गोत्रिय समाज नेपाललाई झाकी सहितको र्‍यालिले स्वागत सहित सम्मान गरेको कवि एवम गायिका अम्बिका भण्डारीले बताउनु भयो ।


कार्यक्रम राप्ती शान्ति उद्यम पार्कका अध्यक्ष डिल्लीराम भण्डारी, सूर्य भण्डारी, सीता भण्डारी, सावित्री भण्डारी, कृष्ण भण्डारी, दधिराम भण्डारी, गोविन्द भण्डारी, कोविराम भण्डारी, वसन्त भण्डारी, कमल भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
धनन्जय गोत्रीय भण्डारी सामाज दाङ देउखुरीका अध्यक्ष सेसुराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दुर्गा प्रसाद भण्डारीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *