५ चैत २०७९, आइतवार

नारी प्रतिभा वाङमय प्रतिष्ठानले मनायो देवकोटा जयन्ती !

नारी प्रतिभा वाङमय प्रतिष्ठानको आयोजनामा महाकवि लक्ष्मीप्रसादको देवकोटाको ब्यक्तित्व र कृतित्वको चर्चा/परिचर्चा गरिएको छ ।

परिचर्चा कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै गीता तिवारीले देवकोटाको योगदानको बारेमा खुलेर प्रशंसा गर्नु भयो । साहित्यमा देवकोटाको योगदानलाई बिश्वले अनुसरण गरेको बताउँदै यसतर्फ नेपाल सरकारको पनि ध्यान जान आवस्यक रहेको तिवारीको भनाई रहेको थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता पगेनी तिम्सिनाले नारी प्रतिभाले यसरी विभिन्न सस्टाका जन्मजयन्तीमा सम्झिएर खोज र उनका योदानको चर्चा गर्नु नै स्रष्टा र साहित्यको सम्मान भएको बताउनु भयो । कवि अल्पबिराम पोख्रेलीले नारी प्रतिभाले राम्रो काम गर्दै आएको भन्दै आगामी दिनहरुमा अझ धेरै काम गर्न सक्ने क्षमता रहेको भन्दै महाकविलाई स्मरण गर्नु भयो । कार्यक्रममा बसन्त चालिसे, धर्मराज अल्पायु, रमा प्रासर, सङकर ज्ञवाली, कल्याण पन्त, सावित्री गिरी, कुण्णबहादुर थापा, रमा खत्रिवडा,रोसन तिम्सिना, तेज गुरुङ, सहनशीला पौडेल लगाएतका स्रष्टाहरुले रचना आफ्ना सिर्जनाहरु वाचन गरेका थिए ।

सस्थाका उपाध्यक्ष अम्बिका भण्डारीको अध्यक्षाता, कोषाध्यक्ष चन्द्रवती वाग्लेको स्वागत र सचिव लक्ष्मी थापाको संचालनमा कार्यक्रम सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *