नेकपा एकीकृत समाजवादी म्याग्दीको बैठक तथा दुईदिने प्रशिक्षण शुरु भएको छ । एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी इन्चार्ज केशवलाल श्रेष्ठ, पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठले प्रशिक्षण दिनुहुने भएको छ ।
प्रमुख अतिथि श्रेष्ठद्वारा ब्यानरमा हस्ताक्षर गरेर उद्घाटन गरिएको पार्टीको दुईदिने प्रशिक्षण कार्यक्रममा नेकपा एमाले फुट्नुपर्ने कारण, एकीकृत समाजवादी पार्टी जन्मिनुपर्ने कारण, पार्टीको सैद्धान्तिक पक्षहरु र आगामी कार्यदिशाका बारेमा बहस गरिने छ भने बैठकले तीन महिने पार्टी सुदृढीकरण अभियान, जन संगठन बाँडफाँड, एक सदस्य २५ जना संगठन अभियान, वडा, गाउँ र नगरपालिकामा कमिटी गठन प्रक्रिया आदि कार्यहरुलाई तिब्र गतिमा कसरि अगाडि बढाउने भन्ने बारेमा रणनीति तयार पार्नेछ ।
प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादी म्याग्दीका इन्चार्ज मुना बानियाँ, सहइन्चार्ज गोविन्द सुवेदी, लेखा आयोग सदस्य याम श्रेष्ठ, प्रा. होमबहादुर बरुवाल शिक्षक संगठनका केन्द्रिय सदस्य रामप्रसाद सुवेदी, आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्य मनप्रसाद रोका, दलित मुक्ती संगठनका केन्द्रिय सचिव रुद्र किसान, म्याग्दी काठमाडौं सम्पर्क मंचका संयोजक बद्री पुन लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।