५ चैत २०७९, आइतवार

नेता भिम रावल, आचार्य र भट्टराईले दिए आफ्नो उम्मेदवारी !


अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका नेता भीम रावल र भिम आचार्यले क्रमश: अध्यक्ष र सचिवमा उम्मेदवारी दिएका छन् । एमालेको जारी १० औं महाधिवेशनअन्तरगत नेताहरुले उम्मेदवारी दिएका हुन् ।

कोरोना संक्रमण भएपछि उपचारका क्रममा रहेका भिम आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
१० बुँदे सम्झौता गरेर एमालेमै रहेका नेता आचार्य यसअघि पनि सचिवकै जिम्मेवारीमा थिए । सचिवका लागि नेता योगेश भट्टराईले पनि उम्मेदवारी दर्ता गराएका छन् । भट्टराई ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि परेका छन् ।
एमालेको नयाँ नेतृत्वका लागि अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *