२० मंसिर २०७९, मंगलबार

पञ्चाङ्ग गणित प्रशिक्षणको सुवर्ण अवसर !

ज्योतिष विद्यामा अति आवस्यक पर्ने पञ्चाङ्ग गणितको प्रशिक्षण हुने भएको छ । विश्व पञ्चाङ्ग निर्णय संघको आयोजनामा आगामी मंसिर १ गते देखि पोखरा म. न. पा.-२, विन्ध्यवासिनी, मिरुवामा “पञ्चाङ्ग गणित प्रशिक्षण- २०७८” सञ्चालन हुने भएको हो ।
एक महिनाभर प्रात: (७:००-९:३० ए. एम.) र सायम् (३:००-५:३० पि. एम.) गरी दुई (२) सिफ्टमा सञ्चालन हुने प्रशिक्षणमा मूल सूर्य सिद्धान्त तथा सूर्य सिद्धान्तीय “महाकालेश्वर पञ्चाङ्ग सारिणी”बाट पञ्चाङ्ग गणितको प्रशिक्षण दिइने छ भने फलित ज्योतिषको समेत प्रशिक्षण संचालन हुनेछ ।
प्रशिक्षणको मूख्य उद्देश्य भनेको दक्ष पञ्चाङ्गकार उत्पादन गर्ने, ज्योतिषीहरूको श्रीवृद्धि र वौद्दिक/ प्राज्ञिक उन्नयनको विकास गर्ने रहेको छ । प्रशिक्षणका मुख्य बिषयवस्तुहरुमा ग्रह स्पष्टीकरण (मूल सूर्य सिद्धान्त तथा सारिणीबाट), पञ्चाङ्ग गणित, ग्रह सञ्चार, उदयास्त, बक्रीमार्गी, ग्रहण गणित, व्रतका पर्वहरुको बारेमा प्रष्ट पारिने रहेको छ । ग्रह लाघव, सूर्य सिद्दान्त, केतकि गणितम्, ज्योतिर्गणितम्, भास्वति, महाकालेश्वर सारिणी, सूर्य सिद्दान्त सारिणी, मकरन्ध सारिणी, रामविनोद सारिणी जस्ता ग्रन्थहरुको आधारमा प्रशिक्षण दिइने पञ्चाङ्ग निर्णय संघ केन्द्रीय समिति, काठमाडौंका सह सचिव ज्यो हरिश्चन्द्र भण्डारीले जानकारी दिनु भयो ।
मंसीर १ गते दिवा ११:०० वजे कार्यक्रमको उद्घाटन हुने र सो अवसरमा मुख्य प्रशिक्षक ज्यो. गोविन्द सापकोटा ज्यू द्वारा सम्पादित सूर्य सिद्दान्तीय “महाकालेश्वर पञ्चाङ्ग सारिणी” को लोकार्पण/ विमोचन गरिने जानकारी विश्व पञ्चाङ्ग निर्णय सँघ, केन्द्रीय समिति, काठमाण्डौका सह-सचिव ज्यो. हरिश्चन्द्र भण्डारीले जानकारी गराउनु भएको छ। साथै विभिन्न जिल्लाबाट इच्छुकहरूले सम्पर्क गरी नाम दर्ता गराइरहनु भएको र फलित ज्योतिषमा ज्योतिषशाश्त्रको व्यावहारिक पुस्तक “सरल पाङ फलित भाग-१” लगायतका पुस्तकहरूबाट फलित ज्योतिषको प्रशिक्षण समेत दिइने जनाइएको छ ।

बाहिर जिल्लाबाट पाल्नुहुने प्रशिक्षार्थिहरुका लागि आवास कोठाहरु, भाडा वर्तन र किचन कोठाहरु उपलब्ध गराइएको छ भने यसको व्यवस्थापकीय जिम्मा पोखरा स्थित सचिवालयलाई रहेको ज्यो भण्डारीले जानकारी दिनु भयो । अन्य जानकारीका लागि निम्न 9846039245 नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *