विश्व पञ्चाङ्ग निर्णय संघ, केन्द्रीय समिति, काठमाण्डौ, नेपालद्वारा आयोजित पञ्चाङ्ग गणित/फलित ज्योतिष प्रशिक्षण-२०७८ को मंसीर १ गते उद्घाटन सम्पन्न भएको छ। विश्व पंचाङ्ग निर्णय संघको पोखरा, मिरुवा स्थित सचिवालयको प्राङ्गणमा प्रमुख अतिथि डा. जगन्नाथ रेग्मी ज्यूबाट उद्घाटन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै विन्दवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य तथा कार्यक्रमका प्रमुख अतिथि डा. जगन्नाथले पंचाङ्ग गणित प्रशिक्षणले ज्योतिषीहरूको श्रीबृद्धि, वौद्धिक उन्नयन र पंचाङ्ग गणनामा दक्ष जनशक्ति उत्पादन हुने र समाजमा सही मार्गदर्शन हुने विश्वास व्यक्त गर्नु भयो। सो अवसरमा मुख्य प्रशिक्षक ज्यो. गोविन्द सापकोटा ज्यूद्वारा सम्पादित सूर्य सिद्दान्तीय महाकालेश्वर पञ्चाङ्ग सारिणीको लोकार्पण गरिएको थियो।
पञ्चाङ्ग निर्णय संघका पदाधिकारीहरूलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा अन्नपूर्ण गाउँ पालिका-२, सेराचौर निवासी ७२ वर्षीय पँचाङ्ग गणक तथा ज्योतिष फलादेश वक्ता एवम् सँस्थाका वरिष्ठ सल्लाहकार ज्यो. दुर्गादत्त भण्डारी ज्यूलाई अभिनन्दन गरिएको थियो। मुख्य प्रशिक्षक गोविन्द सापकोटा, वरिष्ठ सल्लाहकार ज्यो दुर्गादत्त भण्डारी, ज्योतिष परिषद नेपालका केन्द्रीय सदस्य ज्यो पं वासुदेव सुवेदी, गण्डकी पंचाङ्ग सफ्टवेयरका निर्माता ज्यो हिरामणि कास्यप, सदस्य ज्यो सूर्य पौडेल, प्रशिक्षार्थी वावुराम तिमिल्सिना लगाएतका महानुभावहरूले शुभकामना मन्तव्य र सदस्य ज्यो कल्पना सुवेदी ज्युले कार्यक्रममा सहयोग पुर्याउनु हुने संघ संस्था, व्यक्तित्व र उपस्थित अतिथि गणहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। विश्व पञ्चाङ्ग निर्णय संघको पोखरा मिरुवा स्थित सचिवालयमा सम्पन्न भएको सो कार्यक्रममा प्रशिक्षार्थिहरुको उल्लेखनीय सहभाहिता रहेको सो कार्यक्रममा पोखरा भित्र र बाहिर जिल्लाका प्रशिक्षार्थिहरूलाई मध्यनजर गर्दै प्रशिक्षण अफलाइन र अनलाइन दुवै माध्यमबाट हुने जनाइएको छ ।
पंचाङ्ग निर्णय संघका अध्यक्ष तथा नेपाल पंचाङ्गका पंचाङ्गकार ज्यो नारायण प्रसाद नेपालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष तथा मुक्तिनाथ पंचाङ्गका पंचाङ्गकार पं. ज्ञान प्रसाद भण्डारी ज्योतिषाचार्य ज्यूको स्वागत र संचालन सचिव ज्यो हरिश्चन्द्र भण्डारीले गर्नु भएको थियो भने