फलेवास नगरपालिका-४, मुडिकुवामा “पिपुल्स भोलेन्टियर्स” गठन गरिएको छ ! सुमन गौडेलको अध्यक्षतामा २१ सदस्यीय वाड कार्य समिति गठन गरिएको हो ।
धौलागिरी अंचलमै पहिलोपटक वाडमा गठन गरिएको नेकपा एकीकृत समाजवादीको भातृ संगठन “पिपुल्स भोलेन्टियर्स” उपाध्यक्षमा क्रमशः दिपक नेपाली र विशाल तिवारी, कोषाध्यक्षमा युवराज तिवारी, सचिवमा सन्दिप गौडेल, सहसचिवमा उदय भुसाल र सदस्यहरुमा क्रमशः मिलन गौडेल, दिनेश गौडेल, चन्द्र तिवारि, हरि तिवारी, सुदिपराज गौडेल, सुरेश विश्वकर्मा, सुदिप आचार्य, सुमन सुनार, अमृता सापकोटा, सविता गौडेल, सुजन गौडेल, गणेश तिवारी निर्वाचित भएका छन् भने तीन सदस्यीय पछि मनोनित गरिने नेकपा एकीकृत समाजवादी मुडिकुवाका अध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी दिनुभयो ।
निर्वाचित कार्यसमितिलाई बधाई दिँदै अध्यक्ष घिमिरेले तानाशाही प्रवृतिका विरुद्ध युवाहरुको आवाज एक हुनुपर्नेमा जोड दिनुभयो । “तानाशाही र हठ प्रवृतिका कारण नेपालको कम्युनिस्ट आन्दोलन र एकता केपी ओलीले बिघटन गरेका कारण अवको एकता भनेको ओली रहित कम्युनिस्ट पार्टीहरुबीच हुनुपर्छ” अध्यक्ष घिमिरेको भनाई रहेको थियो । अब समाजको नेतृत्व लिन युवाहरु अगाडि आउनुपर्ने वाड कमिटी सदस्य दिपक भुसालको भनाई रहेको थियो । निर्वाचित “पिपुल्स भोलेन्टियर्स”का अध्यक्ष गौडेलले दुई तिहाई बहुमतको सरकार विघटन गरेका कारण ओलीको तानाशाही प्रवृतिका विरुद्ध लड्नका लागि आफू एकीकृत समाजवादीमा आवद्ध भएको जानकारी दिनुभयो । कार्यक्रममा बाम बुद्धिजीवी तथा वाड सदस्यनकाशिनाथ गौडेल, शंकर गौडेल, ईन्द्रप्रसाद गौडेल लगायतको उपस्थिति रहेको थियो । नेकपा एमालेको आठौं महाधिवेशनमा विघटन गरिएको “पिपुल्स भोलेन्टियर्स” केपी ओलीले दुईदुई पटक संसद विघटन गरेपश्चात् मतभेद बढ्दैजादा बनेको नयाँ पार्टी “नेकपा एकीकृत समाजवादी”ले यो संगठनलाई पुनर्गठन गरेको छ ।
नेकपा एकीकृत समाजवादी मुडिकुवाका अध्यक्ष बालमुकुन्द घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वाड सचिव लोकनाथ भुसालले गर्नुभएको थियो ।