प्रेस चौतारी नेपाल कास्कीको अध्यक्षमा अर्जुन गिरी सर्वसम्मत चयन हुनुभएको छ । गिरी चौतारीको हालको संयोजक समेत हुनुहुन्थ्यो ।उहाँको अध्यक्षतामा ३० सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो ।
उपाध्यक्षमा मोतिसागर अधिकारी, महिला उपाध्यक्षमा बालकुमारी पौडेल, सचिवमा रञ्जन अधिकारी, सहसचिवमा ईश्वर देवकोटा तथा महिला सहसचिवमा उमा आले मगर र कोषाध्यक्षमा जीवन सुवेदी चयन हुनुभयो ।
सदस्यहरुमा पुनम थापा मगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, अनिता घिमिरे, अर्पण तिवारी, आशिष पुरी, दीपा पौडेल, अर्जुन थापा मगर, सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढा मगर, रेजिना कटुवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सविन रेग्मी, रिजन ढुंगाना,दीपक अधिकारी, दीपेन्द्र शाही,निरज बसौला र शिव बोहोरा चयन हुनुभयो । अधिवेशनको नेकपा एमालेका केन्द्रीय कमिटीका सचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो ।