२२ मंसिर २०७९, बिहिवार

बागलुङमा जीपले किच्दा एकको ज्यान गयो !

बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा पिकअप जिपले किच्दा शुक्रबार एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । बुर्तिबाङ फाँटबजारमा ग २ च ५९८० नम्बको पिकअप जिपले किच्दा तमानखोला गाउँपालिका वडा नम्बर २ का कृष्ण विकको छोरा ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा ६ जना घाइते भएको मध्ये फाँट बजारमा व्यवसाय गर्दै आएका ढोरपाटन नगरपालिका वडा नम्बर ५ ४८ वर्षीष लेवेन्द्र कुवँर ढोरपाटन नगरपालिका वडा नम्बर १ का नरकिताब सुनार, ढोरपाटन ५ का विष्णु सापकोटा, ढोरपाटन ५ का सक्रेनी घर्ती, ढोरपाटन ५ का नरमला घर्ती, ढोरपाटन नगरपालिका ७ बस्ने निमसरा घर्तीका ९ वर्षीय छोरा आकाश घर्ती घाईते भएका छन् ।

घाइते कुँवरको बाँया खुट्टामा गम्भीर चोट लागेको भने ढोरपाटन १ का नरकिताव सुनारको हात र खुट्टामा गम्भीर चोट लागेको बताइएको छ । उनीहरुको उपचारका लागि हेलीकप्टर मार्फत पोखरा रेफर गरिएको छ । अन्य घाइतेहरुको हात खुट्टा र ढाडमा चोट लागेको छ । घाईते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बुर्तिबाङ फाँटबजारमा पिकअप रोकेर चालक केर बहादुर विक नजिकैको पसलमा सामान राख्न बाहिर निस्कीएको अवस्थामा स्थानीय नमबहादुर मल्लले पिकअप चलाउन खाजेपछि दुर्घटना भएको पाइएको छ । चालकले चाँबी गाडीमै राखेको र मल्लले गाडी चलाउन नजानेी नजानी जवरजस्ती सिक्न खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । (बागलुङ पोष्ट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *