१५ चैत २०७९, बुधवार

बागलुङ नगरको अध्यक्षमा केसी !

नेकपा (माओवादी केन्द्र) बागलुङ नगरको अधिवेशनबाट इन्द्र केसी सर्वसम्मत रुपमा अध्यक्षमा चुनिनु भएको छ ।शनिबार भएको अधिवेशनले केसीको नेतृत्वमा ६५ सदस्यीय नगर समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रतन मलेपती,चित्र सुवेदी, महेन्द्र कुमार विक, सचिवमा राजु खड्का, कोषाध्यक्षमा धनमाया शर्मा र सहसचिवमा जिवन शर्मा रहनुभएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पार्टीको जिल्ला ईन्चार्ज बलावती शर्माले माओवादी पार्टीले जनयुद्ध र जनआन्दोलनमा विशिष्ट योगदानका कारण परिवर्तन संम्भव भएको बताइन् ।

नवगठित नगर समितिले जनताको मन जित्ने कार्याक्रम ल्याएर सङ्गठन सुदृढीकरण र विस्तारमा सक्रिय भूमिका खेल्नेमा उहाँले विश्वास व्यक्त गनुृभयो ।

अहिलेसम्म जिल्लाका ८५ वडापछि दशै वटा पालिकामा अधिवेशनमार्फत नयाँ नेतृत्व निर्माण भएको माओवादी केन्द्रले जनाएको छ ।स्थानीय तहपछि, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *