१५ चैत २०७९, बुधवार

बाटाे अवरुद्ध हुँदा सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या !


सुरेश छन्त्याल
बागलुङको बडिगाड गाउँपालिका- ३ सिसाखानी जाने बाटो अझै सरसफाई नहुँदा स्थानीयले सास्ती खेप्न बाध्य भएका छन् ।

दशैं आएर गयो, तिहार पनि नजिकै आईपुगेको छ तर बडिगाडको दगातुन्डाँडा, नौतुवा हुँदै सिसाखानी पुग्ने बाटो अझै सरसफाई र मर्मत गरिएको छैन । गत जेठमै झरेको पहिरोले अवरुद्ध बनेको सडक अहिलेसम्म पन्छाउने काम नहुँदा स्थानीयले दशैं तिहार जस्तो चाडबाडमा घर जाँदा पनि घण्टौं यात्रा गर्नुपर्ने बाध्यता छ । सिसाखानीमा पसल होटल व्यवसाय सञ्चालन गरेकाहरुले सवारी साधन नचल्दा सामान ढुवानी गर्न समस्या भएको छ । कहिले डोजर विग्रिएको त कहिले के भन्दै सरोकारवाला निकाय जिम्मेवारीबाट पन्छिने गरेको छ ।

सडक सुचारु नभएको र सवारी साधन नजाने भएपछि सिसाखानीमा सामाजिक सुरक्षा भत्ता वितरणको काम समेत प्रभावित बनेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *