सोमबार साँझ बेनीदेखि बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलाको घाव्पा औल स्थित घुम्तीमा दुर्घटना हुँदा चालक सहित चार जनाको मृत्यु भएको छ । जीपमा चालक सहित ८ जना सवार मध्ये ३ जनाको घटना स्थलमै मृत्यु भएको र थप एक जनाको बेनी अस्पतालमा मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा बेगका अन्दाजी २७ खिमनाथ शर्मा , अन्दाजी ३० बर्षिय खेम पुनु (खिमु) , ३० बर्षिया वडा सदस्य गौमाया विक र अन्दाजी ४० बर्षिय चालक दुत बहादुर थापा रहेका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।