लम्जुङमा जन्मिएर पोखरालाई कर्म थलो बनाई विभिन्न संग हसस्थामा कृयाशील ब्यक्तिको नाम नै दीपक “समीप” हो ।
२०३३पिता रामबाहार श्रेष्ठ र माता नानीमाया श्रेष्ठका कोखबाट सोतीपसल, लमजुङमा जन्मिएका दिपक “समीप” नेपाली साहित्य जगतमा २०४९ सालदेखि निरन्तर साधना गर्ने एक असल लेखकमा चिनिनु भएको छ ।
गजल, गीत, कविता, कथा , लघुकथा , मुक्तक जस्ता सिर्जनाहरु लेख्ने र मीठो आवाजमा वाचन गर्ने गरेको पाएकी छु । रेडियो बाराहीमा पनि उहाँका दमदार आवाजहरुले साहित्य कार्यक्रमसमेत सञ्चालन गर्नु हुन्थ्यो । विभिन्न साहित्यिक संस्थाहरुमा आवद्ध समीप, विभिन्न सिर्जनाहरुको माझमा रहनु भएको छ । उनै सरल कवि एवम गजलकारका केही साहित्यिक कृतिहरु पनि प्रकाशित छन् ।
“समीप”को भूगोलभित्र नकोरिएको देश ( गजल सङ्ग्रह – २०६२) मा प्रकाशित भएको थियो भने निम्न साहित्यिक र समाजिक संघ सस्थामा आवद्ध रही काम गर्दै आउनु भएको छ ।
=पोखरेली युवा साँस्कृतिक परिवार पोखरा (पूर्व अध्यक्ष / सल्लाहकार )
=गजल सन्ध्या पोखरा (पूर्व अध्यक्ष / सल्लाहकार )
=मुक्तक मन्च पोखरा ( सल्लाहकार )
=पुछारसिटे अभियान पोखरा (सल्लाहकार )
=अक्षर यात्रा ( संस्थापक)
=संरक्षण कविता आन्दोलन ( संस्थापक सदस्य)
=लघुकथा प्रतिष्ठान पोखरा (कोषाध्यक्ष )
जस्ता धेरै सस्थामा आफ्नो परिचय रहेका दिपक समीपका दर्जनौं पुरस्कार र सम्मान पनि प्राप्त गरिसक्नु भएको छ
सम्मान / पुरस्कार –
- उत्कृष्ट लघुकथाकार -२०५४
- उत्कृष्ट लघुकथाकार- २०५५
- खुल्ला मुक्तक प्रतियोगिता-२०५५ ( प्रथम)
- गजल साधना सम्मान – २०६३
- समता काव्य सम्मान – २०६६
- शिल्पी साहित्य सम्मान – २०६६
- स्रष्टा साहित्य चौतारी पुरस्कार- २०६८
- गजल प्रतिभा पुरस्कार – २०६९
- अक्षरयात्रा सम्मान -२०७०
- गजल सन्ध्या सम्मान -२०७०
- मुक्तक मन्च पोखरा सम्मान – २०७३
- गजल मन्च मकवानपुर सम्मान – २०७४ भैसक्नु भएको छ ।
थप साहित्यिक पुस्तकहरु पनि सम्पादन गरेको अनुभव पनि छन उहाले सम्पादन गरिएका कृतिहरु:
- सौगात द्वैमासिक
- नव माध्यम द्वैमासिक
- उत्खनन् सामयिक सङ्कलन)
- गजल उत्सव (समसामयिक गजल सङ्कलन हुँदै थप दर्जनौ कृतिहरु समेतको समीक्षा गरिसक्नु भएको छ भने अहिले बजारमा अक्षर अक्षरमा देश मुक्तक सङ्ग्रह प्रकासनको तयारीमा रहेको छ । यो अवसरमा साहित्य जीवन सहित अक्षर अक्षरमा देश कृतिको पूर्ण सफलताको शुभकामना सहित हार्दिक बधाई ।
अम्बिका भण्डारी
अन्नपूर्ण-२, कास्की (हाल: पोखरा-५)