१२ असार २०७९, आइतवार

मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतिमा गौतम !

मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाको सन्तोष गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं जिल्ला अधिवेशनमा गौतम निर्विरोध सभापतिमा चयन भएका हुन् ।

समितिको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिवमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा बिष्णुप्रसाद आचार्य र सहसचिवमा बिष्णु गौतम सापकोटा चयन भएका छन् भने
सदस्यहरुमा नवराज रिजाल, शकुन्तला सापकोटा पौडेल, विनोद श्रेष्ठ, विज्ञान सुवेदी, हरि गिरी र सन्तोष ढुङ्गाना चयन हुनुभएको छ । साधारणसभाले वातावरणीय स्वच्छताका लागि बेनी बजार आसपासको कालीगण्डकी र म्याग्दी नदी किनारमा १०८ बरपिपलका बिरुवा रोप्ने संकल्प प्रस्ताव पारित गरेको छ ।
समाजका पूर्व वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद सुवेदीले म्याग्दीमा वातावरणको संरक्षण गर्न, कालीगण्डकी नदीलाई स्वच्छ बनाउन र पशु, चौपायाको व्यवस्थापनको मुद्दा उठाउनुपर्ने बताउनुभयो । काठमाडौं शाखा सभापति भगवान पुडासैनी, म्याग्दी शाखाका पूर्वसभापति ठाकुरप्रसाद शर्मा र लक्ष्मण शर्माले समाजले मानवअधिकारका अतिरिक्त संविधान, लोकतन्त्रको रक्षा, शान्ति कायम र जनजीवनका मुद्दामा पैरवी गरेको बताउनुभयो ।


शाखाका सभापति नवराज पौडेलको अध्यक्षता, उपसभापति सन्तोष गौतमको स्वागत र सचिव हरिप्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.