नवीनकुमार खतिवडा
नेकपा एकीकृत समाजबादी वैतेश्वर ५ मैनापोखरी दोलखाको प्रथम वडा अधिवेशन सप्पन्न भएको छ।
समाजबादीका नेता गिताप्रसाद दहालको अध्यक्षतामा भएको अधिवेशन को एक कार्यक्रम का बिच नेकपा एकीकृत समाजबादीका केन्द्रिय पोलिटब्युरो सदस्य शिव प्रसाद भन्डारीले उद्घाटन गर्नुभएको थियो।उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेता भण्डारीले निष्ठावान नेता तथा कार्यकर्ता समाजबादीमा रहेकाले आगामी निर्वाचनमा समाजबादीको जित सुनिश्चित रहेको वताउनु भयो नेता भण्डारीले माहाभारतको युद्धमा असत्य को पक्षमा रहेका १ सय जना कौरव र सत्यको पक्षमा रहेका ५ जना पाण्डव बिच युद्ध हुँदा सत्यको बिजय अर्थात ५ जना पाण्डव हरुले १ सय जना कौरव हरुलाई हराएको स्मरण गर्दै समाजाबादी पनि सत्यको पक्षमा रहेका ५ पाण्डव हरुको समुह रहेको बताउनुभएको छ।वडा अधिवेशनमा केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज गोपाल न्यौपाने,जिल्ला कमिटी अध्यक्ष भिम दहाल,अनेरास्ववियु का केन्द्रिय उपमहासचिव कल्याण दहाल,युवा संघका केन्द्रिय सदस्य शुन्दर दहाल,जिल्ला कमिटी सदस्यहरु राजन दहाल,निराजन दहाल लगाएत ले सम्बोधन गरेका थिए।वडा अधिवेशनले गिता प्रसाद दहालको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।कमिटीको उपाध्यक्षमा रबिन दहाल र मरिचमान बस्याल,सचीव सन्तोष दहाल,उपसचिव सीता पाण्डे र मीन बहादुर दहाल साथै सदस्यहरुमा नारायण प्रसाद शिवाकोटी,रमेश कार्की,बेदप्रसाद दहाल,सुनखरी मिजार,गोपाल मिजार,शंकर दहाल,राधिका कार्की लामिछाने,मनोज नेपाली,बिष्णु मिजार,रामकाजी बस्नेत,दिनेश घिमिरे,सरस्वती दहाल,मोहन बहादुर सार्कि,चन्द्र बहादुर सार्की,एलिस मुङ्ग्राती,हर्के सार्की,भुपेश बस्नेत लगाएत रहेका छ्न।