८ चैत २०७९, बुधवार

“शितको थोपा”ले गर्‍यो न्यानो कपडा वितरण !


निम्न आय भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । “शितको थोपा अभियान” संस्थाद्वारा विभिन्न स्कुलमा स्कुलमा अध्ययन गर्ने विद्यार्थी र वृद्ध/वृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।


न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पत्रकार तथा एकीकृत समाजवादी पर्वतका सदस्य चन्द्रबहादुर लामिछानेले राज्यले गर्नुपर्ने यस्ता कार्यक्रमहरु खाजा खाने पैसा कटाएर ब्यक्तिब्यक्तिहरु मिलेर गरेको देख्दा गर्व लागेको बताउँनु भयो । प्रमुख अतिथि लामिछानेले भन्नुभयो “तीन तहको सरकार बनेता पनि जनताहरु सेवा पाउनबाट अझै बन्चित रहेको र असली असली पीडितहरु टाढा नभएर तपाईं हाम्रै आँखा अगाडि रहेको छन् ।” “शितको थोपा” अभियानले असली पीडितहरुको पहिचान गरेर राहत वितरण गरेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता खाले अभियानहरुले निरन्तरता पाउनुपर्ने उहाँको भनाई रहेको थियो । वितरण कार्यक्रमका विशेष अतिथि गणेशबहादुर बानियाँले “शितको थोपा” नामक संस्थाले समाजमा रहेका निम्न आयका विद्यार्थी र वृद्ध/वृद्धाहरुलाई न्यानो कपडा वितरण गरेर समाजमा सकारात्मक सन्देश दिएको बताउनु भयो ।


सोमबारका दिन गलेश्वर मावि तोरीपानीको प्राङ्गणमा गरिएको कार्यक्रममा गलेश्वर मावि तोरीपानीका दसजना विद्यार्थी, भूमे आधारभूत विद्यालयका चारजना विद्यार्थी, ढोलठान आधारभूत प्राथमिक विद्यालयका चारजना विद्यार्थी, स्यालीखेत आधारभूत प्राथमिक विद्यालयका चारजना विद्यार्थी र अति निम्न आयका चार वृद्ध/वृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा भगवानप्रसाद श्रेष्ठ लगायत केही स्थानीयहरुले मन्तब्य ब्यक्त गर्दै वितरण अभियानको सफलतको कामना गर्नु भएको थियो ।
सुनिल दामलको अध्यक्षतामा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रमको संचालन तेजबहादुर राईले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *