सुरेश छन्त्याल/गलकाेट
कला, संस्कृतिक र खेलकुदकाे संरक्षण गराैं समुन्नत समाजकाे परिचय दियाैं भन्ने मुल नाराका साथ शुभ दिपावलीकाे पावन अवसरमा घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च 1st A sait फुटबलकप कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अथिति समेत रहनु भएका गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तथा नेपाली काँग्रेसका क्षेत्रीय सचिव तिलक घर्ती मगरले खेल राष्ट्र र स्वास्थकाे लागि प्रमुख रहेकाे अवगत गराउदै युवाहरुकाे आवश्यकता र चाहाना अनुसार स्थानीय सरकार सदैब साथमा रहने साथै समाज रुपान्तरणमा युवाकाे भुमिका महत्त्वपूर्ण रहने भएकोले विद्यमान सामाजिक विकृति निवारण तथा समाज विकासमा अग्रसर हुन आग्रह गर्नु भयाे। त्यस्तै एकताले जस्तोसुकै समस्या समेत हल गर्ने भएकोले सम्पूर्ण युवाहरु बद्ध रहन अपिल समेत गर्नु भयाे । १६ टिम सहभागीता रहेकाे खुला फुटबल प्रतियाेगितामा good vibs पाेखरा प्रथम गलकाेट नगरपालिका १० पाण्डबखानी मावि दाेस्राे र त्यस्तै लाेक नृत्य प्रतियोगितामा न्यु स्टेप पाण्डबखानी प्रथम, पाण्डबखानी मावि दाेस्राे, गलकाेट मावि तेस्राे र एकता बर्डिङ स्कुल हरिचाैर सान्तना भएका छन् ।
त्यस्तै उत्कृष्ट गाेल रक्षक गर्नु भएका गाेठि युनाइटेड क्बल बागलुङका रन्जन खत्री, सर्वाधिक गाेल कर्तामा घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका खेलाडी सुवास पुन र उत्कृष्ट खेलाडीमा good vibs पाेखराका सुदिप गुरुङ लाई पुरुस्कृत गरिएको थियाे ।
कल्बका अध्यक्ष प्रकाश पुनकाे अध्यक्षता गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तथा नेपाली काँग्रेसका क्षेत्रीय सचिव तिलक घर्ती मगरकाे प्रमुख आथितियता, वडा सदस्य रामप्रसाद वि.क बरिस्ठ समाजसेवि मानसिह छन्त्याल, गलकाेट नगर सभाका सदस्य राधिका पुनकाे विशिष्ट आथितियता, खिम काउचाकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे संचालन दिप घर्तिले गर्नुभएको थियाे।