(कार्तिक ३० गतेदेखि मंसीर ०६ गतेसम्म)
ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६
मेषः सरकारी कामबाट लाभ हुनेछ । मान्यजनहरुबाट सहयोग मिल्नेछ । मित्र भेटले उत्साह बढ्नेछ । छोटो दुरीको यात्रामा निस्कनुपर्नेछ । मन प्रसन्न रहनुका साथै आर्थिक लाभ मिल्नेछ । साताको शुरुतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
बृषः बोलीको प्रभाव बढेर जानेछ । प्रेम प्रसङ्ग चल्नुका साथै पारिवारिक सुख बढ्नेछ । बोलीको प्रभावका कारण अधसरा कामहरु बन्नेछन् । अधुरा कामहरु पूरा हुनेछन् भने मन प्रसन्न रहनेछ । छोटो दुरीको यात्रा गर्नुपर्नेछ । साताको मध्यतिर शत्रुहरुको उदय हुनेछ ।
मिथुनः आम्दानी बढेर जानेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । सामाजिक कार्यमा प्रगति हुनेछ भने शुभ खबर सुन्न पाइनेछ । विपरित लिङ्गीबाट पूणर् सहयोग मिल्नेछ । प्रेम प्रसंग चल्नेछ भने साताको अन्त्यतिर भने अनावस्यक विवाद बढ्नेछ ।
कर्कटः सरकारी कामबाट लाभ हुनेछ । मान्यजनहरुबाट सहयोग मिल्नेछ । मित्र भेटले उत्साह बढ्नेछ । आम्दानी बढ्नुका साथै ब्यापारमा लाभ हुनेछ । अध्ययनमा रुची बढ्नेछ । मित्रहरुको सहयोगले कामहरु बन्नेछन् । तपाईको यो साता शुभ र लाभदायक रहनेछ ।
सिंहः पे्रम प्रसंग चल्नेछ । आफन्तहरुबाट सहयोग मिल्नेछ । मित्र भेटले मन प्रसन्न रहनेछ । मीठो खान पाइनेछ । आयमा वृद्धि हुनेछ । शुभ खबर प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ भने साताको शुरुतिर भने स्वास्थ्यमा समस्या आउनेछ ।
कन्याः मित्र तथा मावलीहरुबाट सहयोग मिल्नेछ । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । भेटघाटको अवसर मिल्नेछ । मनोरञ्जनको अवसर मिल्नेछ । आफन्तहरुका सहयोगका कारण कामहरु बन्नेछन् । साताको मध्यतिर भने स्वास्थ्य समस्या बढ्नेछ ।
तुलाः मान सम्मान बढ्नुका साथै सामाजिक प्रतिष्ठा बढ्नेछ । अध्ययनमा रुचि बढ्नेछ । छोटो दुरीको यात्रा गर्नुपर्ने देखिन्छ । मीठो खान पाइनेछ । पुरानो धन फिर्ता आउनेछ । साताको अन्त्यमा स्वास्थ्य समस्या बढ्ने हुँदा सतर्क रहनुहोला ।
बृश्चिकः सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । आफन्तजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । प्रशासनिक कार्यमा सफलता मिल्नेछ । केही कष्ट भएपनि यो साता तपाईको दिन शुभ र लाभदायक देखिन्छ ।
धनुः बोलिको प्रभाव बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । आफ्नो कामको उचित मूल्याङ्कन भएको अनुभूति हुनेछ । उत्साह बढेर जानेछ । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । साताको शुरुतिर भने कार्यमा विलम्भ हुनुका साथै अनावस्यक खर्च बढ्नेछ ।
मकरः बोलिको प्रभाव बढ्नेछ । अध्ययनमा रुची बढ्नेछ । भेटघाटको अवसर मिल्नेछ । आयमा वृद्धि हुनेछ । प्रेम प्रसङ्गले मन हर्षित रहला । शुभ खबरहरु प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । साताको मध्यतिर भने विवादको सामना गर्नुपर्नेछ ।
कुम्भः छोटो दुरीको यात्रा गर्नुपर्नेछ । मन प्रसन्न रहनेछ । यात्राको अवसर मिल्नेछ भने विपरित लिङ्गीहरुको सहयोग बढ्नेछ । भेटघाटको अवसर मिल्नेछ । ब्यवसायमा लाभ हुनेछ । मान्यजनको सहयोगले रोकिएको काम बन्नेछ । साताको अन्त्यतिर भने अनावस्यक खर्च गर्नुपर्नेछ ।
मिनः पुरानो धन फिर्ता आउनेछ । आम्दानी बढ्नुका साथै यात्राका अवसरहरु प्राप्त हुनेछन् । पारिवारिक सहयोग मिल्ने देखिन्छ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । ब्यापारमा लाभ मिल्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । तपाईको यो साता शुभ रहनेछ ।
(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)
३० गते मङ्गलबार, अन्तराष्ट्रिय सहनशिलता दिवस
(पश्चिम दिशाको साइत शुभ)
लाभयोगः विहानको १० -२० देखि १२ -४ बजेसम्म
अमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्म
शुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म
मंसीर ०१ गते बुधबार, अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
(पूर्व दिशाको साइत शुभ)
लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
अमृतयोगः विनको ६-५२ देखि ८-३६ बजेसम्म
शुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म
०२ गते बिहिबार
(पूर्व र उत्तर दिशाको साइत शुभ)
शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
लाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्म
अमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म
०३ गते शुक्रबार, गुरु नानक जयन्ती, विश्व शौचालय दिवस
(पूर्व र दक्षिण दिशाको यात्रा शुभ)
लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्म
अमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म
शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म
०४ गते शनिबार, अन्तर्राष्ट्रिय बाल दिवस
(दक्षिण दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्म
लाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म
०५ गते आइतबार, विश्व टेलिभजन दवस
(दक्षिण र पूर्व दिशाको यात्रा शुभ)
लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्म
अमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म
शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
०६ गते सोमबार,
(दक्षिण र पश्चिम दिशाको साइत शुभ)
अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म
ःदिनको ५-१८ देखि ७-२ बजेसम्म
शुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म
लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म
ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।
विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय वर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूणर् कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।