३ चैत २०७९, शुक्रवार

भूमिहिन, सुकुमवासी तथा हली हरुवाचरुवा विभागको उपप्रमुखमा म्याग्दीका रुद्र किसान !

नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमालेको दलित संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज पनि विभाजन भएर बनेको नेपाल दलित मुक्ति संगठनले आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ जसमा भूमिहिन, सुकुमवासी तथा हली हरुवाचरुवा विभागको उपप्रमुखमा म्याग्दीका रुद्र किसान चयन भएका छन् । निर्वाचित किसान नेपाल दलित मुक्ति संगठनका केन्द्रिय सचिव, नेकपा एकीकृत समाजवादी म्याग्दीका कार्यालय सचिव समेत हुन् ।
गत असोजदेखि संगठन पुनर्गठन तथा पुनर्जागरण अभियान सञ्चालन गरिरहेको नेपाल दलित मुक्ति संगठनले सातवटै प्रदेशमा भेला तथा बैठक सम्पन्न गरेको छ भने ६० भन्दा बढी जिल्लामा आफ्नो जिल्ला कमिटी गठन/पुनगर्ठन गरेको छ।

संगठनका केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माले अहिलेसम्म २ सयभन्दा बढी स्थानीय तहमा अभियान सम्पन्न गरिएको र अभियान पुस मसान्तसम्म जारी रहनेछ ।
यस्तै संगठनको ११५ सदस्यीय सचिवालय, ७७ जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज तोकिएको अध्यक्ष विश्वकर्माले जानकारी दिए। स्थानीय तहका इन्चार्ज भने सम्बन्धित प्रदेश कमिटी तथा जिल्ला कमिटीले तोक्ने निर्णय भएको उनले बताए । यही कात्तिक २७ गते काठमाडौंमा बसेको संगठनको स्थायी कमिटीको बैठकले संगठनका केन्द्रीय कमिटी ३४१ जना, स्थायी कमिटी ३९ जना, सचिवालय ११५ जना, प्रदेश कमिटी ५१ देखि १०१ जना, जिल्ला कमिटी २५ देखि ७५ जना, निर्वाचन क्षेत्र स्तरीय कमिटी १५ देखि ५५ जना, महानगर कमिटी २१ देखि ५१ जना, उपमहानगर तथा नगर कमिटी ११ देखि ४५ जना, गाउँपालिकास्तरीय कमिटी ९ देखि ३५ जना, वडा कमिटी ९ देखि ३५ जना र वस्तीस्तरीय कमिटी ७ देखि २५ जना सदस्य रहेको हुने निर्णय गरेको छ।

यस्तै संगठनको केन्द्रीय कार्यालय दैनिक सञ्चालन गर्न अध्यक्ष गणेश विश्वकर्मासहित दुर्गा परियार, घनश्याम रिजाल, सरोजदिलु विश्वकर्मा, चित्र रसाइली, सुधिरमान विश्वकर्मा, लीलबहादुर परियार, प्रदीप सोव र नन्दप्रसाद घतानी गरी ९ सदस्यीय कार्यालय टिम गठन गरिएको संगठनले जनाएको छ।

यसैगरी नेपाल दलित मुक्ति संगठनले आफ्ना सातै प्रदेशका इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ भने १७ विभाग गठन गर्दै त्यसका प्रमुख र उपप्रमुख पनि चयन गरेको छ।

अध्यक्ष विश्वकर्माका अनुसार प्रदेश १ मा श्याम लुहागुन र चित्रकला बराइली, प्रदेश नम्बर २ मा श्रीप्रसाद पासवान र दशरतथ राम, बागमती प्रदेशमा चक्र रुचाल र नन्द घतानी, गण्डकी प्रदेशमा कृष्ण नेपाली र होम नेपाली, लुम्बिनी प्रदेशमा शारदा स्वर्णकार र मीना परियार, कर्णाली प्रदेशमा बसन्त विश्वकर्मा र भिउसिन नेपाली तथा सुदूरपश्चिम प्रदेशमा गोरख सार्की र श्याम सुनार क्रमशः इन्चार्ज र सहइन्चार्ज तोकिएका छन्।
यस्तै प्रदेश नम्बर १ मा नेत्र नेपाली, प्रदेश नम्बर २ मा मीन रहपाल, बागमती प्रदेशमा धनबहादुर खाती, गण्डकी प्रदेशमा मोहन सुनार, लुम्बिनी प्रदेशमा रामकृष्ण विक, कर्णाली प्रदेशमा नीमबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशमा विनोद नेपालीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको छ।

यस्तै १७ विभागअन्तर्गत स्कुल विभागमा गणेश विश्वकर्मा र कृष्ण नेपाली,, संसदीय मामिला विभाग सुन्दर विश्वकर्मा र दुर्गा विक, मधेसी दलित विभागमा रामऔतार पासवान र भोला पासवान, दलित महिला विभागमा दुर्गा परियार र कृष्णाकुमारी विक, संगठन विभागमा पछि चयन गरिने, सम्पर्क मञ्च समन्वय विभागमा सरोजदिलु विश्वकर्मा र पार्वती आग्री, पेसा तथा कला व्यवसायी विभागमा घनश्याम रिजाल र विनोद नेपाली, सहकारी तथा गरिबी निवारण विभागमा मीना परियार र अविराम विक, कर्मचारी तथा बुद्धिजीवी विभागमा चित्र रसाइली र भरत नेपाली, मोर्चा संगठन समन्वय विभागमा लीलबहादुर परियार र टंक सुनार, विदेश विभागमा सुधीरमान विश्वकर्मा र भीम रसाइली, कानुन तथा सामाजिक न्याय विभागमा कुलमान विश्वकर्मा, वाल्मीकि आउजी, प्रचार तथा प्रकाशन विभागमा नन्दराज घतानी र अमर सुनार, सामाजिक संघ/संस्था परिचालन विभागमा भवानी शंकर र नीम नेपाली, युवा तथा विद्यार्थी विभागमा प्रदीप सोव र प्रेम विश्वकर्मा, भूमिहीन, सुकुमवासी तथा हली हरवाचरवा विभागमा पर्वत सुनार रुद्र किसान तथा आर्थिक तथा योजना विभागमा गोविन्द नेपाली र कमला रसाइलीलाई क्रमशः प्रमुख र उपप्रमुखको जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *