कामना सेवा विकास बैंक लिमिटेडले १५औँ वार्षिक उत्सवकाे अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । देशै भरिका विभिन्न १३० शाखा मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमकाे आयाेजना गर्ने क्रममा बृक्षारोपण गरिएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको कोटिहवा तथा भैरहवा शाखाकाे संयुक्त आयाेजनामा रुपन्देहीको सिद्धार्थनगर-८ अन्नपूर्ण टोल स्थित दुर्गा मन्दिर परिसरमा २०७८/०७/२६ गते शुक्रबार बृक्षारोपण गरिएको हो । उक्त कार्यक्रममा कामना सेवा विकास बैंक लिमिटेड कोटिहवा तथा भैरहवा शाखाका कर्मचारी र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा संरक्षणकको उपस्थितिमा मन्दिर परिसर वरपर विभिन्न किसिमका बोटका विरुवाहरुको बृक्षारोपण गरिएकाे बैंकका कोटिहवा शाखा प्रमुख बिष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
बैंकले आफ्नो १५औँ वार्षिक उत्सवकाे अवसर पारेर देशै भरी बिभिन्न कार्यक्रमको आयोजना गरि रहेको छ । साथै २०७८/०७/२७ गते शनिबार बिहान ८ बजे बुटवलमा रक्तदान कार्यक्रमको आयाेजना समेत गरिएको अधिकारीले जानकारी दिए ।