कविता
बिष्णु पादुका
म मेरै आवश्यकता हुँ
मेरै लागि पर्याप्त हुन सकुँ
अमर हुनको डर छैन
स्थिरताको मोह छैन
आकांक्षा साना छन् औकात भन्दा
मृत्यु देखि वर छन् मेरा सबै गन्तब्य
भिडमा मिसिन सकिन
प्रचारमा सायद टिकिन
रुप रंग र बस्त्र फेर्न पो गार्हो
आफुलाई फेर्न के विकल्प रोजुँ म
वितराग र अनासक्तको स्वाभिमानले
अभिमानको रुप नलिए पुग्यो
बस्
मुस्कानमा खल्लोपन
मिसाउनु नपरोस् ।