१५ चैत २०७९, बुधवार

अनेरास्ववियू पिएनको गजल प्रतियोगिता सम्पन्न !

नेकपा एकिकृत समाजवादी पार्टी निकट अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीले खुल्ला गजल प्रतियोगिता सम्पन्न गरेको छ । पृथ्वीनारायण क्याम्पसको भानू पार्कमा आइतबार आयोजना गरिएको प्रतियोगितामा तारानाथ पराजुली विजयी भएका छन् । उनले नगद ५ हजार हात पारे । दोस्रो सञ्जीता लम्साल र तेस्रो आरती पौडेल भईन । सान्तवना पुरस्कार भने अमृता पौडेललाई मिल्यो ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण नेपालीले अनेरास्ववियूले गजल प्रतियोगिता कार्यक्रम राखेर सह्रानिय काम गरेको बताए । विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फोटन गर्न यसरी मञ्च प्रदान गर्नु आफैमा राम्रो कार्य भएको भनाई उनको थियो । देशको राजनीतिक परिवर्तनमा अनेरास्ववियूको भूमिका उल्लेखनिय रहेको उल्लेख गर्दै सामाजिक विकृति र विसंगतिका विरुद्ध डटेर लागिरहन उनले आग्रह गरे । उनले देश लुट्ने, चुरे दोहन गर्ने, नागरिकता बेच्ने र एमसीसी जस्ता राष्ट्रघाती सम्झौता गरी दलाली गरेर देशलाई रंडभूमी बनाउने ओली विरुद्ध संर्घष गर्दै विद्रोह गरिरहने चेतावनी दिए ।
अनेरास्ववियूका केन्द्रीय उपमहासचिव राजन शर्मा पराजुलीले आफ्नो स्वतन्त्रतालाई माया गर्न नस्कने व्यक्तीले म जनतालाई स्वतन्त्रा, विकास दिन सक्छु भन्नु मुर्खता भएको उल्लेख गरे । अनेरास्ववियूका स्थायी कमिटी सदस्य सन्तोष न्यौपानेले प्रतिभा पलायनको अवस्था देशमा रहेको र त्यसको रोकथाममा राज्यको ध्यान पुग्नुपर्ने आवश्यकतालाई औंल्याएका छन ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी कास्कीका सचिव होम नेपाली, उपसचिव डिबी र्रा, सचिवालय सदस्य नुना गुरुङ, अनेरास्ववियू गण्डकी सचिव गोविन्द महत, अनेरास्ववियू कास्की जिल्ला कमिटीका अध्यक्ष बज्रराज अधिकारी लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *