८ चैत २०७९, बुधवार

आफ्नै देशको छाप !

चन्द्र कुँवर “चन्द्रमा”

पहाडका डाँडा काँडा , झल्को आउँछन मनमा।
कुहुँ कुहुँ कोईली चरी , मधुर गाउँछन वनमा ॥

सुदूरपश्चिम स्वर्ग सरी, सैपालको घेरो।
राई सल्ला बयाली खेल्ला, खप्तड सेरोफेरो ॥

डाँडा काँडा याँपनि छन, परदेसका ठाउँमा ।
तन घुम्दो पराया देश, मन्छ आफ्नै गाउँमा ॥

विश्वभरि जाँ भएनि, जन्म्या ठाउँको आपछ ।
कोमल यो हृदयभित्र, आफ्नै देशको छापछ ॥

साँफेबगर न.पा.९ (बुढाकोट),अछाम । हाल: कैलाली ।

One Response

  1. हार्दिक धन्यवाद बुलबुल समाचार लाई ! अझै उत्तरोत्तर लोकप्रियता को शिखर चूमोस 🌹💖

Leave a Reply

Your email address will not be published. Required fields are marked *