हाँस्दैहाँस्दै हजार दु:ख काटनु पर्ने जिन्दगीमा
दुःखसँग दुःख फेरि साट्नु पर्ने जिन्दगीमा !
पैसा भन्ने चिजै कस्तो पराई पनि आफ्नो हुने
जीवन काट्न गाह्राे हुदाँ ढाट्नु पर्ने जिन्दगीमा !
आमा बाबाले के छ तिम्लाई कहिले आउछ्योै भन्दापनि
हजार बाहाना बनाई कुरा छाट्नु पर्ने जिन्दगीमा !
रहर लाग्छ खान पनि आमा बाबाको साथमा बसी
उहाँहरु कै यादले आँसु चाट्नु पर्ने जिन्दगीमा !
खुशीको पर्खाईमा पीडै पीडा झेल्नु पर्दा
कल्पना मै आशाहरु बाट्नु पर्ने जिन्दगीमा !
ब्यास नगरपालिका-६, तनहुँ