३ चैत २०७९, शुक्रवार

श्याम न्यौपाने

उस्तै धमास, उस्तै अभिमान छ अझै ।
त्रासैत्रासले भरिएको बिहान छ अझै ।।

धुर्त, फटाहाहरू खुल्लमखुल्ला हिडिरहेछन्
निमुखा, निर्दाेषलाई झ्यालखान छ अझै ।

शासकले त सत्तास्वार्थसँग देश साटिसके
मजदुर किसानलाई राष्ट्रियता परान छ अझै ।

जनता मालिक बनाउन कसले चाहेकाे छ र
जनमुखी कानुन बनाउन मानामान छ अझै ।

सुरक्षा छ, अग्घाेरै सुरक्षा छ तर
खाेकिलामा तर्बार राखेर अभयदान छ अझै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *