१५ चैत २०७९, बुधवार

शान्ति शर्मा

झस्किएर आधारातमा जाग्छु आजभोलि
अञ्जुलीमा जून-तारा माग्छु आजभोलि ।

हिमालचुली हाँसिदिन्छ आगँनीमा घाम
लाज लाग्छ छायासँग भाग्छु आजभोली ।

पारिजात मुस्काउराउँछ नयाँ चन्द्र ठानी
पछ्यौरीले आफ्नो मुहार ढाक्छु आजभोली ।

परेलीमा इन्द्रेणी छ रङ्ग मायालुको
छातीभित्र यौटा तस्वीर राख्छु आजभोली

कि यो कुरा मलाई था छ कि तिमीलाई
किन होला आफैँ राम्री लाग्छु आजभोली ।
काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *