१५ चैत २०७९, बुधवार

जिस्क्याई रहेछन् पोलले बजारलाई !

“यो भएन, जतिसक्दो छिटो हटाउन पर्‍यो । हटाउन मान्नुभएन भने हामी आफैं डोजर लगाएर भएनि भत्काउँछौं । नोक्सान भएमा हामी जिम्मेवार हुने छैनौं ।”

माथिको संवाद एक ब्यापारीको पसलमा नगरपालिकाका प्रतिनिधिको हो । केहीदिन पहिले सडक अतिक्रमण गरि बनाएका घर तथा सटर अगाडिका विभिन्न संरचनाहरु हटाउन अनुरोध गदै नगरपालिकाका प्रतिनिधि र ट्राफिक प्रहरीहरु ब्यवसायीसामु पुगे । “सुन्दर बजार, सफा बजार” बनाउने नगरपालिकाको योजना सफल बनाउन एक टोली बजार छिरेको हो ।

यतिखेर बेनी बजारमा एकतर्फी पार्किङ र एकतर्फी सवारी रुटको कायम गरिएको छ भने सडक अतिक्रमण गरि बनाइएको संरचना हटाउन थालिएको छ । बजारलाई सुन्दर, सफा र ब्यवस्थित बनाउने उद्देश्यले एकतर्फी सवारी रुटको कायम गरिएको तथा सडक अतिक्रमण गरि बनाएका घर तथा सटर अगाडिका विभिन्न संरचनाहरु हटाउन थालिएको हो । मंसिर १४ गतेको सरोकारवालाहरुको बैठकले सडक अतिक्रमित गरि बनाइएका संरचनाहरु हटाउन मंसिर २१ गतेसम्मको समय दिएको थियो । 

अधिकांश ब्यवसायी तथा घरधनीहरूले स्फुर्त रुपमा घर तथा सटर अगाडिका विभिन्न संरचनाहरु हटाएका छन् भने केही घरधनी तथा ब्यवसायीहरुले हटाउन अटेरी गरेका छन् । ब्यवसायीहरुको अटेरीपनका कारण बेनी बजारलाई सुन्दर र सफा बनाउने नगरपालिकाको योजना अधुरै रहेको छ । बजारका केही ब्यवसायी तथा घरधनीहरूले सडक अतिक्रमण गरी बनाएका घर तथा सटर अगाडिका विभिन्न संरचनाहरु हटाउन बेनी नगरपालिका, ट्राफिक प्रहरी र उद्योग बाणिज्य संघले गरेको अनुरोधलाई अटेरी गर्दा कार्यक्रम असफल र विवादित बनेको हो ।

बजारभित्रका केहीलाई फाल्न पटकपटक दवाव दिएको छ भने नफाल्नेहरुलाई अहलेसम्म कुनै कारवाही गरिएको छैन जसका कारण कार्यक्रम प्रभावकारी हुन सकेको छैन । अनुगमन हुन नसक्नु तथा बेनी नगर र ट्राफिक प्रहरीले समेत पूणर्रुपमा हटाउन ताकेता नगर्दा सडकपेटी मिचेर बनाएका संरचनाहरु पूणर्रुपमा नहट्दा “सफा र सुन्दर” अभियान असफल भएको हो । 

ब्यापारीहरुले आफ्नो पसल अगाडि राखेका सामानकै कारण बजार कुरुप भयो भन्ने नगरपालिकालाई भने सडक बिचका पोलहरुले चुनौती दिँदै बजारलाई जिस्क्याई रहेका छन् । सडकको विचमा ठिङ्ग ठडिएका विजुलीका पोल, पोलमाथि जेलिएका विजुली, केवल र ईन्टरनेटका सयौं तारहरु हटाउनतर्फ नगरपालिका उदाशिन रहेको छ । त्यतिमात्र होइन बजारभित्र नियम मिचेर सार्वजनिक जगामा मनलाग्दी प्रयोग गरिएका बस्तुहरु, छरपष्ट रुपमा छिरलिएका निर्माण सामाग्रीहरु हटाउनतर्फ नगरपालिका तथा उद्योग बाणिज्य सङ्घले गरेका पहलहरु मात्र प्रचारमूखी बने, परिणाममूखी बनेनन् ।

नगरपालिकाको यो अभियान प्रचारमूखी मात्र भएको ब्यवसायी टिका तिवारीले बताउँछन् । तिवारी भन्छन् “सडक पेटी सफा बनाउँने हो, यो सामान भित्र राख्नुहोस् भन्दै टोलीको साथमा उद्योग बाणिज्य संघमा आवद्ध एकजना ब्यापारी हाम्रो पसलमा आए तर उनैको पसल अगाडि अतिक्रमित संरचना थियो।” उनले पुनः थपे “नगरपालिकाले सस्तो लोकप्रियताका लागि यो सब गरिरहेको छ । कसैलाई हटाईहाल भन्ने, कसैलाई अहिलेसम्म पनि वास्ता नगर्ने सरोकारवालाहरुको कुनियत देखियो । अतिक्रमित भाग मात्र होइन, बिच सडकका पोलहरु हटाउन सके बजार सुन्दर देखिन्थ्यो ।” बजारलाई सुन्दर बनाउन पसल अगाडिका सामान हटाउन लागि परेको नगरपालिकाले कहिले देख्ला बिच सडकमा हाँस्दै उभिएका पोलहरु ?

(बुलबुल साप्ताहिकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *