१५ चैत २०७९, बुधवार

देखेर सपना असफल छु

गजल- सुरेश पाण्डेय

देखेर सपना असफल छु अझै
पुगेन माथि म धरातल छु अझै ।

जिवन छ भनि के खुशी मनाउ
दुखको आँसुमा हरपल छु अझै ।

नहुँदा पनि कुनै सजिलो गन्तव्य
राखेर हिम्मत अघि पहल छु अझै ।

नभन्नु मित्र यो बेकार हो जिन्दगी
आफैमा म आफु अटल छु अझै

नबुझ्नु तिम्रै गल्ति मानिन्छ यहाँ
अरु सबैले बुझ्ने सरल छु अझै


सुर्खेत बिरेन्द्रनगर

One Response

  1. सुन्दर गजल, हृदय देखि शुभकामना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *