१५ चैत २०७९, बुधवार

नेकपा एकीकृत समाजवादीको फलेवास नगर कमिटी गठन हुँदै !


नेकपा एकीकृत समाजवादीको फलेवास नगर कमिटी गठन हुँदैछ । फलेवास नगरपालिका-५, खानीगाउँ झकलक पर्वतमा एक सभाका विच घोषणा हुन लागेको हो ।
नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका अध्यक्ष तथा पूर्व राज्यमन्त्री रामजी शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुन लागेको हो । आजको भेलाले नेकपा एकीकृत समाजवादी फलेवास नगर कमिटीको साथै अनेरास्ववियु, अखिल नेपाल महिला संघ, नेपाल दलित मुक्ति समाज लगायतका संगठनहरु गठन गर्नेछ ।


कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वतका संयोजक मोती पौडेल, लेखा आयोगका केन्द्रिय सदस्य हरिकुमार श्रेष्ठ, पर्वतका उप सचिव विराज हमाल, जिल्ला सदस्य तथा फलेवास नगरपालिका-४, मुडिकुवाका अध्यक्ष बालमुकुन्द घिमिरे, फलेवास नगरपालिका-६ फलेवासका कमिटी अध्यक्ष विजय भुसाल, अनेरास्ववियु स्थाइ कमिटी सदस्य सन्तोस न्यौपाने, अनेरास्ववियु पर्वतका अध्यक्ष सन्तोस सोनाम, युवा संघ मुडिकुवाका अध्यक्ष सुमन गौडेल लगायतको उपस्थिति रहेको छ ।
नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका सदस्य कृष्ण लम्सालको अध्यक्ष, कृष्ण सुवेदीको स्वागत र विष्णु रिजालको संचालनमा कार्यक्रम संचालन भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *