२३ जेठ २०८०, मंगलबार

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा गुरुङ

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको अध्यक्षमा दिलप्रसाद गुरुङ चयन भएका छन् । फोनिजको शनिबार सम्पन्न छैटौैं अधिवेशनले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । 

यस्तै, संघको उपाध्यक्षमा बिनाकुमारी थापा, सचिवमा शुसीला श्रेष्ठ, सहसचिव सम्राट गुरुङ र कोषाध्यक्षमा रमेश गुरुङ चयन भएका छन् ।

यस्तै, संघको सदस्यहरुमा गीता राना मगर, देविका तामाङ, मनप्रसाद गुरुङ, अल्चना श्रेष्ठ, प्राश्ना मानान्धर, रोजी बुढा मगर, योगेन्द्र श्रेष्ठ र बसबहादुर शेर्पा चयन भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *