१४ जेठ २०८०, आइतवार

पाण्डबखानीमा बालमैत्री आवाधिक लगानी याेजना निर्माण कार्यशाला सुचारू !


बालबालिकामा गरेकाे लगानी ल्याउछ सुनाैलाे विहानी भन्ने मुल नाराका साथ गलकाेट नगरपालिका १० पाण्डबखानीले बालमैत्री स्थानीय शासन अवलम्बनमा सूचकहरुकाे प्रारम्भिक उपलब्धि अन्तर्गत आवाधिक लगानी याेजना निर्माण कार्यशाला सुचारू भएको छ । बालबालिकाकाे आगामी ३ वटा आर्थिक बर्षकाे विभिन्न शिर्षकमा अनुमानित बजेट प्रस्ताव गरिएकाे छ ।


कार्यक्रममा वडा अध्यक्ष तिलक घर्तीको अध्यक्षता, गलकाेट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माकाे प्रमुख आथितियता, कृषि अधिकृत हरिदत्त सुवेदी, बालमैत्री फाेकल पर्सन राजन कडेल, याेजना शाखा प्रमुख बाबुराम शर्मा, पशु प्राविधिक बलराम अधिकारी, वडा बालमैत्री पाण्डबखानीका सहजकर्ता रामु शाही, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, स्वास्थ चाैकी केन्द्रका प्रमुख, स्वास्थ स्वयसेविका, पत्रकार, वडा बाल संजालका अध्यक्ष लगाएतकाे सहभागिता रहेकाे थियाे। बालमैत्री १० का फाेकल पर्सन रामप्रसाद वि.क काे स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको संचालन वडा सचिव ठाकुर तिमिल्सिनाले गर्नु भएको थियाे।

त्यस्तै कृषि, पर्यटन, स्थानीय सिप र पूर्वाधार, सम्बर्द्धन गलकाेट निर्माणकाे मुल आधार भन्ने मुल नाराका साथ गलकाेट नगरपालिका १० वडा कार्यालय पाण्डबखानीमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA, मेड्पा) वडा स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गलकाेट नगरपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रममा गलकाेट नगरपालिका उद्यम विकासका सहजकर्त गुलाब बादीले लघु उद्यम विकासकाे बारेमा प्रकाश पार्नु भएको थियाे। वडा अध्यक्ष तिलक घर्ति, वडा सचिव ठाकुर तिमिल्सिना, नगर सभा सदस्य गनेश शेर्चन, वडा सदस्य राधिका पुन, रामप्रसाद वि.क, बालमैत्री पाण्डबखानीका सहजकर्ता रामु शाही, सहजकर्ता कमला सुनार, सिजल लघु उद्याेम पाण्डबखानीका संचालिका कमला थापा, पत्रकार सुरेश छन्त्याल लगाएतकाे सहभागीता रहेकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *