नेकपा एमालेको किल्लाको रुपमा रहेको पर्वतको फलेवास नगरपालिका-५ खानिगाउँमा नेकपा एकीकृत समाजवादीले कमिटी गठन गरेको छ । दण्डपाणि सापकोटाको नेतृत्व २१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा काशिराम भट्ट,नारायण प्रसाद सापकोटा सचिवमा कृष्ण प्रसाद सुवेदी उप—सचिवमा भवानी शर्मा पौडेल,सारगर सापकोटा र गिता सुवदी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा शिव सुनार,नेत्र बहादुर दर्जी, गिता पौडेल चपाई, सुरेश परियार,गोविन्द पुरी,निर्मल सुनार,दुर्गा सुनार,रिता परियार,मिना सुनार, ओम प्रसाद शर्मा,भोट बहादुर वि.क,हरि कुमारी कुवंर, भगवती सुनार र जुना सुनार रहनुभएको छ । साथै सोही भेलामा नेत्र बहादु्र दर्जीको अध्यक्षतामा १५ सदस्यीय युवा संघ नेपाल फलेवास नगरपालिका वडा ५ वडा कमिटी गठन गरिएको छ । कमिटीको सचिवमा राजन सुनार रहनुभएको छ ।
मंगलबार नेकपा एकीकृत समाजवादी पर्वतका अध्यक्ष मोती पौडेल लगायत नेताहरुको उपस्तिथिमा बसेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले कम्युनिस्ट आन्दोलनका नीति कार्यक्रम र उपलब्धिको रक्षा गर्नु दायित्व भएको र त्यसका लागि एकीकृत समाजवादीमा गोलबन्द हुन आग्रह गरेका थिएँ ।
प्रदेस सदस्य कृष्णप्रसाद लम्सालले केपी ओलीको घमण्डकै कारण पार्टी विभाजन भएको बताउनु भयो । समाजवादीले ब्यक्ति भन्दा पनि नीतिलाई प्रधान मानेका कारण यस पार्टीतर्फ सबैको आकर्षण बढेको लम्सालको भनाई रहेको थियो । त्यस्तै कार्यक्रममा जिल्ला कमिटी उप—सचिव विराज हमालले समाजवादी पार्टी श्रमजिवी, सर्वहारा, मञ्दुर, किसानको पार्टी भएकाले सवै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । भेलामा प्रदेशका, जिल्लाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।