१७ चैत २०७९, शुक्रवार

बिहादीमा एकीकृत समाजवादीको कमिटी गठन !

बिहादी गाउँपालिका-१, बाच्छा पर्वतमा एकीकृत समाजवादीको वाड कमिटी गठन गरिएको छ । दुर्गाप्रसाद आचार्यको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
भेलाबाट सचिवमा दुर्गाबहादुर खत्री, सदस्यमा मैनी कुमारी आचार्य, फूलमाया नेपाली, शारदा नेपाली , रामप्रसाद आचार्य, पूर्णबहादुर नेपाली, खिलबहादुर कोइराला, प्रेम गुरुङ लगायत चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी पर्वत जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य मोती पौडेलले जहिले पनि विद्रोही पक्ष सशक्त र सफल हुने बताउनु भयो । “हामी विद्रोही हौं, संसारको कुनैपनि इतिहास हेर्ने हो भने विद्रोहीहरु सधैं सफल रहेको छन् । एकीकृत समाजवादी ब्यक्ति होइन संगठनलाई मान्ने पार्टी हो, नेता होइन निति मान्ने पार्टी हो । आज हामी सानो हौंला तर भोलि हामी अवस्य ठूलो हुनेछौं किनकि हाम्रो उद्देश्य अरु पार्टीभन्दा फरक रहेको छ ।” नेता पौडेलको भनाई रहेको छ । नेकपा एकीकृत समाजवादी पर्वतले आफ्नो तीन महिने सङ्गठन बिस्तार अभियानलाई तिब्र पार्ने क्रममा बिहादी पुगेको हो ।

भेला नेकपा एस पर्वत जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य मोती पौडेल, केन्द्रिय लेखा आयोगका सदस्य सचिव हरिकुमार श्रेष्ठ, प्रदेश कमिटी सदस्य कृष्ण लम्साल, जिल्ला कमिटी उपसचिव विराज हमाल, अनेरास्ववियू जिल्ला अध्यक्ष सन्तोष सुनाम, फलेवास नगरपालिका-६ का अध्यक्ष विजय भुसाल लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *