१६ चैत २०७९, बिहिवार

बेनी नगरपालिका-६ मा एकीकृत समाजवादीको वाड समिति गठन, अध्यक्षमा बानियाँ !


बेनी नगरपालिका-६ मा एकीकृत समाजवादीको वाड कमिटी गठन गरिएको छ । महेन्द्र बानियाँको अध्यक्षतामा ५१ जनाको वाड कमिटी गठन गरिएको हो ।
त्यसैगरी कमिटीको उपाध्यक्षमा दिलबहादुर बि.क, सचिवमा कमल पौडेल, उपसचिवमा पुष्पा विश्वकर्मा चयन हुनुभएको छ । कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी म्याग्दी जिल्ला इन्चार्ज मुना बानियाँले जटिल परिस्थिति पार गरेर नेकपा एकीकृत समाजवादी यहाँसम्म आईपुगेको बताउनु भयो । “विभिन्न घेराहरु तोडेर यहाँसम्म आईपुगेका छौं, हाम्रो लक्ष्य भनेको समाजमा समाजवाद स्थापना गर्ने हाम्रो उदेश्य भएकोले समाजवाद स्थापना गर्नका लागि जुनसुकै संघर्ष गर्न पनि तयार छौं” जिल्ला इन्चार्ज बानियाँको भनाई रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै विशिष्ट अतिथि एकीकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले दलित, जनजाति, महिला तथा पिछडिएका वर्गहरुका मुद्दाहरु बोक्ने पार्टी नै एकीकृत समाजवादी भएकोले सबैलाई समाजवादीमा गोलवद्ध हुन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै निर्वाचित अध्यक्ष बानियाँले जिल्लाको निर्णायक शक्तिको रुपमा एकीकृत समाजवादीलाई बनाइछाड्ने बताउनुभयो । निर्वाचित सदस्यहरुलाई इन्चार्ज बानियाँले सपथग्रहण समेत गराउनु भएको थियो ।
जिल्ला इन्चार्ज मुना बानियाँको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माको विशिष्ट आतिथ्यता सम्पन्न कार्यक्रमको स्वागत कमल पौडेल र संचालन हरिकृष्ण पौडेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *