२४ जेठ २०८०, बुधवार

‘मरुभूमिको प्यास’ विमोचन

गजलकार योगेश नेपाल ‘अनन्त’ को गजलसङ्ग्रह मरुभूमिको प्यास विमोचन गरिएको छ । डियर कल्याण प्रतिष्ठान सुनसरीको आयोजनामा बुधबार झापाको बुधबारेमा सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, साहित्यकार केशव आचार्य, मुक्तककार निशा के.सी., प्रतिष्ठानका अध्यक्ष विनोद घिमिरे ‘विवश’ लगायतले उक्त कृतिको विमोचन गरेका थिए । सो कृतिमाथि कवि हरि कट्टेलले समीक्षा गरेका थिए । कवि तथा गजलकारहरू लीला अनमोल, भगवती ढुङ्गेल, पृन्स प्रमोद ढकाल, योगेश नेपाल लगायतले उक्त कृतिभित्रका एक एक गजल वाचन गरेर सुनाएका थिए । सो सङ्ग्रहमा विविध विषयका १०१ गजल समावेश छन् ।

झापा, सुनसरी, मोरङ, इलामका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, साहित्यकार केशव आचार्य, हरिप्रसाद रिमाल निशा के.सी. लीला अनमोल लगायतले गजलसम्बन्धी विचारसहित शुभकामना व्यक्त गरे । सो कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष विनोद घिमिरे विवशले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मी श्रेष्ठले र कार्यक्रम सन्चालन कवि तिला लेकालीले गरेकी थिइन् ।
विगत सात वर्षदेखि डियर कल्याण प्रतिष्ठानले नेपाली साहित्यको समृद्धिका लागि काम गर्दै आएको छ भने यो कृति प्रतिष्ठानबाट प्रकाशित छैटौं कृति हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *