२३ जेठ २०८०, मंगलबार

मुडिकुवामा तीन कवि गुन्जिने !


फलेवास नगरपालिका-४, मुडिकुवा पर्वतमा तीन कविहरु कविता मार्फत गुंजिने भएका छन् । श्री माटे देवल जनसहयोगी उच्च मावी मुडिकुवामा गठन भएको अनेरास्ववियू प्रारम्भिक कमिटीले यस्तो अवसर जुराएको हो ।
“पलेटीमा तीन कवि” नाम दिइएको यस साहित्यिक कार्यक्रममा फलेवास नगरपालिकाभित्र रहेर साहित्यमा निरन्तर कलम चलाउने तीन कविले आफ्ना कविताहरु वाचन गर्नेछन् । तीन कविहरुमा क्रमशः बैकुण्ठ भुसाल, रुद्र दुर्लभ र घायलश्री रहेका छन् । भुसाल प्राध्यापन पेसा छाडेर हाल सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील ब्यक्ति हुन् जसले दुई दसकदेखि निरन्तर साहित्यमा कलम चलाइरहेका छन् । दुर्लभको पूरा नाम रुद्र सापकोटा हो । हाल फलेवास नगरपालिकाको स्वास्थ्य प्रमुख रहेका दुर्लभ पेसाले स्वास्थ्यकर्मी भएपनि दुई दसकदेखि विभिन्न साहित्यिक र सामाजिक संघ/संस्थामा आवद्ध छन् । त्यसैगरी घायलश्रीको उपनामले आफूलाई चिनाउन चाहाने लोकनाथ भुसाल पत्रकारितामा रुचि राख्छन् भने विभिन्न साहित्यिक र सामाजिक संघ/संस्थाहरुको नेतृत्व गरिरहेका छन् ।
पर्वतको मुडिकुवामा फरक खाले साहित्यिक कार्यक्रम गरेर साहित्यमा निरन्तर कलम चलाउने कविहरुलाई प्रोत्साहन गर्न खोजिएको अनेरास्ववियू प्रारम्भिक कमिटीकी अध्यक्ष सूचना सुवेदीले बताउनु भयो । सुवेदीले भन्नुभयो “साहित्यमा निकै पछाडि रहेको हाम्रो क्षेत्रलाई साहित्यिक कार्यक्रम गरेर साहित्यिक माहोल सिर्जना गर्न चाहान्छौं जसले गर्दा साहित्यमा रुचि राख्नेहरुको आत्मबल बढोस् ।” पहिलोपटक आफूहरुले साहित्यिक कार्यक्रम गर्ने प्रयास गरेको र फरकफरक समयमा फरकफरक कार्यक्रम गर्ने लक्ष्य रहेको कमिटीकी सचिव रोजिना तिवारीले बताउनु भयो ।
“पलेटीमा तीन कवि” कार्यक्रम श्री माटे देवल जनसहयोगी उच्च माविको प्राङ्गणमा यही पौष २० गते मंगलबारका दिन दिनको २ बजेबाट शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *