१६ चैत २०७९, बिहिवार

मुडिकुवामा नेपाल दलित मुक्ति समाजको गठन !

फलेवास नगरपालिका-४, मुडिकुवा पर्वतमा नेपाल दलित मुक्ति समाज गठन गरिएको छ । २५ सदस्यीय युवा समाजको अध्यक्षमा कमलबहादुर नेपाली चयन भएका छन् !
त्यसैगरी समाजको उपाध्यक्षमा कुमारी नेपाली, सचिवमा चन्द्रबहादुर नेपाली, सहसचिवमा मन्दिप सुनार र सदस्यहरुमा क्रमशः कृष्णबहादुर नेपाली, पवित्रा नेपाली, नारायण नेपाली(क), नारायण नेपाली(ख), कलावती नेपाली, कालू नेपाली(क), कालू नेपाली(ख), दलबहादुर नेपाली, टिकाराम विक, कमलबहादुर विक, सविना विक, मीनाकुमारी सुनार, धनबहादुर सुनार, राधा विक, कमला सुनार, सपना विक, माया सुनार, प्रदिप नेपाली, दिपक नेपाली, सुरेश विक, सुमन विक रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशमा सदस्य कृष्णप्रसाद लम्सालले समाजमा पिछडिएका वर्गका मुद्दाहरुलाई एकीकृत समाजवादी पार्टीले मात्र सम्बोधन गर्ने बताउनुभयो । “वर्गीय मुद्दाहरूको सम्बोधन हुन सके मात्र समाज परिवर्तन सम्भव छ” प्रदेश सदस्य लम्सालको भनाई थियो । एकीकृत समाजवादी पर्वत जिल्ला सदस्य तथा फलेवास नगरपालिका-४, मुडिकुवाका अध्यक्ष बालमुकुन्द घिमिरेले समाज परिवर्तनका लागि दलितहरुका आवाज वुलन्द हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एकीकृत समाजवादी पर्वत जिल्ला सदस्य डिल्लिप्रसाद सापकोटा, बाम बुद्धिजीवी जगन्नाथ घिमिरे, दिपक भुसाल लगायतको उपस्थिति रहेको थियो ।
नेपाल दलित मुक्ति समाज गण्डकी प्रदेशका सदस्य बालचन्द्र नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *