दिपसागर पौडेल
देशमा पुरुषको भन्दा महिलाको जनसंख्या धेरै रहेको छ तर महिलाले भोगिरहेका बलात्कार, बेचबिखन, यौन शोषण, कुटपिट, हत्या, दाइजो, वेश्यावृत्ति, यातना जस्ता हिंसाको अवस्था डरलाग्दो छ। र नेपालमा ८० प्रतिशत महिलाले यस्तै यौन दुव्र्यवहार भोग्नु परेको छ ।
घरैबाट सुरुगरौ महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ इन्प्रेड नेपालको ब्यबस्थापनमा साथै कुस्मानगरपालीका ७ को समन्वयमा र पर्बत कुस्मा रनगरपालिका ७ स्थित महिला दिदिबहिनीहरुबाटै सुरुवात भएको सहनसिल बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा आफ्ना अन्तरक्रिया कार्यक्रमहरु सँगै संस्थाले लैगींक हिंसा विरुद्ध १६ दिने अभियान जारी रहेकोे संस्थाकी सचिव राधा कुमारी शर्माले बताइन ।
हिंसा पीडितको न्याय र पीडकको कारवाहीको लागि कानूनी ब्यवस्था भएपनि बिभिन्न स्वरुपमा लैंगिक हिंसाका घटना घटिरहेको सन्दर्भमा हिंसा रोकथाममा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई प्रभावकारी र सार्थक बनाउन यस्ता अभियानमा कृयाशिल रहनु पर्नेमा जोड दिदै संस्थाकी अध्यक्ष कलावती पुरीले बताइन ।
हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ