म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाईन्ट मावि बेनीले जितेको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नारासंगै संचालित १९ औँ संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको उपाधी वेष्ट प्वाईन्टले जितेको हो ।
खुल्लामञ्चमा आईतबार भएको फाईनलमा बुद्ध एकेडेमीलाई शुन्यका विरुद्ध चार गोल अन्तरले पराजित गर्दै विजेता न्यु वेष्ट प्वाईन्टले लगातार चार पटक जेसिज कपको उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको छ । १८ औँ संस्करण जेसिज कपका पनि विजेता र उपविजेता यी दुई विद्यालय भएका थिए ।
प्रतियोगितामा बिजेता न्यु वेष्ट प्वाईन्टले जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ रुपैया जितेको छ । त्यस्तै उपबिजेता बनेको बुद्ध एकेडेमी बगरफाँटले ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिएको छ । विजेता र उपविजेता विद्यालयलाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, म्याग्दी जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठ लगातयको उपस्थितमा वितरण गरिएको थियो ।