८ चैत २०७९, बुधवार

समाजवादी प्रेस संगठन पर्वतको प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा विश्वकर्मा !

उदय भुसाल
जिल्ला कमिटीलाई पूर्णता र विभिन्न निर्णय गर्दै समाजवादी प्रेस संगठन नेपाल पर्वतको प्रथम जिल्ला भेला कुश्मामा सम्पन्न भएको छ । गत मंसिर २८ गते संगठनको जिल्ला शाखा अध्यक्षमा लक्ष्मण बिश्वकर्मा सर्वसम्मत चयन हुनुभएको थियो भने आजको भेलाबाट २१ सदस्य कमिटीलाई पूर्णत दिएर प्रमाणपत्र प्रदान गरिएको छ । संगठनको उपाध्यक्षमा सुरेश परियार र सपना क्षेत्री,सचिवमा सदिच्छा पोख्रेल,सहसचिवमा सुमित सुनार र भुमा तारामी मगर र कोषाध्यक्षमा आफन्ती श्रीस सर्वसम्मत चयन हुनुभएको छ । संगठनको सदस्यहरुमा युवाराज पौडेल, एलके पौडेल,सन्तोष पौडल, रबिन कार्की,सुजन आचार्य, प्रताप आचार्य,मिनु सापकोटा,जिवन परियार, अमृत लम्साल, उदय शर्मा भुसाल,सरस्वती सुनार, अस्मिता परियार, नारायण सापकोटा र प्रकाश नेपाली चयन हुनुभएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष मोती प्रसाद पौडेलले हरेक क्षेत्रको सकारात्मक परिवर्तन र विकासका लागि पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । प्रगतिशील पत्रकारहरुले निरंकुशतका विरुद्धमा र परिवर्तनका पक्षमा कलम चलाउन पौडेलले आग्रह गर्नुभयो । उहाँले समाजमा उपेक्षा र उत्पीडनमा रहेका वर्गका आवाज बुलन्द पार्न कलमजीबिहरु क्रियाशिल भएर लाग्नुपर्ने बताउनुभयो । संगठनमा चयन भएका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै संगठनका रचनात्मक कार्यमा पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


भेलामा बोल्दै विशिष्ट अतिथि समाजवादी प्रेस संगठन नेपाल गण्डकी प्रदेश कमिटिका संयोजक गणेश पौडेलले संचारमाध्यम र पत्रकारहरुले देशमा भएका राजनीतिक परिवर्तनका आन्दोलनमा अगुवाई गरेको बताउँदै आगामी दिनमा गणतन्त्रको संस्थागत गर्न र संबिधानको रक्षाका लागि समेत कलम चलाउनुपर्नेमा जोड दिनुभयो । राज्यको चौथो अंग पत्रकारिताले हरेक विकास र परिवर्तनमा सकारात्मक प्रभाव परेको पौडेलले बताउनुभयो । संगठनका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै क्रियाशिल रुपमा पत्रकारितामा लाग्न उहाँले आग्रह गर्नुभयो ।



कार्यक्रममा बोल्दै समाजवादी प्रेस संगठन नेपाल पर्वतका अध्यक्ष लक्ष्मण विश्वकर्माले विभिन्न चुनौतीका बाबजुद जिल्लामा संगठन बिस्तार गर्न सफल भएको बतादै संगठनलाई सुदृढ बनाउन र पत्रकारितामा नयाँ आयाम ल्याउनको लागि सकारात्मक, रचनात्मक र नतिजात्मक कार्यमा जोड दिने बताउनुभएको छ । संगठनका साथिहरुलाई कसैको डर, धम्की, करकाप र प्रलोभनमा नपरी निर्भीक रुपमा संगठनमा अडिग रहन र पत्रकारिताको आचारसंहितामा रहेर सत्य तथ्य र वस्तुस्थिति बुझेर निष्पक्ष कलम चलाउन आग्रह गर्नुभयो । जुनसुकै गलत प्रवृत्तिको ओकालत गर्न संगठन अग्रसर हुने बताउदै संगठनमा आवद्ध साथीहरूलाई दक्ष बनाउन छिट्टै पत्रकारिता सम्बन्धि तालिमको आयोजना गरिने निर्णय भएको उहाँले बताउनुभयो । अहिलेको युग सुचना र प्रविधिको युग भएको बताउदै आवाज बिहिनको आवाजलाई बुलन्द पार्नका लागि आफ्नो संगठनका साथीहरूले जनमुखी र गाउँमुखी विकास पत्रकारितामा जोड दिने उहाँले बताउनुभयो । सम्पुर्ण पत्रकार साथीहरू तथा सम्बन्धित सरोकारवालासँग सकारात्मक समन्वय र सहकार्य गर्दै संगठनका कार्यलाई अगाडि बढाउने अध्यक्ष बिश्वकर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य तथा म्याग्दीका अध्यक्ष लोकनाथ भुसालले समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकारहरु आवाज विहिनहरुका लागि आवाज वन्न सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पर्वतका सचिव लोकेन्द्र जंग लामिछाने, नेकपा समाजवादी केन्द्रिय परिषद सदस्य प्रेम गुरुङ, जिल्ला कमिटी सदस्य दिपुबाबु गिरी अनेरास्ववियु पर्वतका अध्यक्ष सन्तोष सुनाम, प्रेस युनियन पर्वतका अध्यक्ष माया अधिकारी, पत्रकार महासंघ पर्वतका सचिव राजबाबु पिसि लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
समाजवादी प्रेस संगठन नेपाल पर्वतका अध्यक्ष लक्ष्मण बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका सहसचिव भुमा तारामी मगरको स्वागत मन्तव्य र कार्यक्रमको संचालन संगठनका सचिव सदिच्छा पोख्रेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *