समाजवादी प्रेस संगठन नेपाल पर्वत शाखाको अध्यक्षमा लक्ष्मण विश्वकर्मा चयन हुनुभएको छ। एक दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशिल विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय संगठन कमिटि निर्माण गरिएको हो । शाखा गठनका लागि आयोजित भेलामा बोल्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष मोती प्रसाद पौडेलले प्रगतिशिल पत्रकारहरु निरंकुशतका विरुद्धमा र परिवर्तनका पक्षमा कलम चलाउन आग्रह गर्नुभयो । उहाँले समाजमा उपेक्षा र उत्पीडनमा रहेका वर्गका आवाज बुलन्द पार्न कलमजीबिहरुले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
भेलामा बोल्दै प्रेस संगठन नेपाल गण्डकी प्रदेश कमिटिका संयोजक गणेश पौडेलले संचारमाध्यम र पत्रकारहरुले देशमा भएका राजनीतिक परिवर्तनका आन्दोलनमा अगुवाई गरेको बताउँदै आगामी दिनमा गणतन्त्रको संस्थागत गर्न र संबिधानको रक्षाका लागि समेत कलम चलाउनुपर्नेमा जोड दिनुभयो । नव गठित कमिटिको सदस्यहरुमा सन्देश लामिछाने, प्रताप आचार्य, सुमित सुनार , एलके पौडेल, सदिक्षा पोखरेल, अमृत लम्साल, महेश भुसाल, अस्मिता परियार, शुरेश परियार, मिनु सापकोटा, जीवन परियार, सन्तोष पौडेल, युवराज पौडेल लगायत रहनुभएको छ । भेलाले संयोजक र सदस्य मात्रै टुंगाएको र अन्य पदाधिकारीको चयन आगामी बैठकबाट हुने बताइएको छ ।